आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्षेत्रीय विद्युत् केन्द्र बन्ने तयारीमा नेपाल

AuthorAP Khabar२०७६ मंसिर ७, शनिबार (४ साल अघि) ३८९ पाठक संख्या

मंसिर ०७ काठमाडौं ।

विद्युत्को क्षेत्रीय बजार विस्तार र व्यवस्थापन, नीतिगत सुधार, लगानी तथा स्वदेशी ऊर्जा खपत विस्तार, प्राविधिक सुधारजस्ता महìवपूर्ण विषयमा छलफल गर्दै राजधानीमा आयोजित ऊर्जा सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान०ले बिहीबार र शुक्रबार आयोजना गरेको दुई दिने ऊर्जा सम्मेलनमा २१ देशका ७६४ सरोकारवालाको सहभागिता र ७९ वक्ता समेतले नेपालको जलविद्युत् दक्षिण एसियाली मुलुकका लागि प्राकृतिक ब्याट्री हाउसका रूपमा स्वीकार गरेका छन् ।

सम्मेलनका सहभागीले नेपालको जलविद्युत् बङ्गलादेश, भुटान, भारत र नेपालबीच नवीकरणीय ऊर्जाको निर्बाध पहुँच विस्तार गर्न अपरिहार्य रहेको स्वीकार गर्दै उत्पादनलाई तीव्रता दिनुपर्ने सुझाव दिएका छन् । नेपालको विद्युत् आन्तरिक तथा क्षेत्रीय खपतका लागि बजारको कुनै समस्या नरहेको निष्कर्ष पनि सम्मेलनले निकालेको छ ।

सम्मेलनले विगतमा विद्युत् अभाव बेहोरेको नेपाल अब विद्युत् निर्यात मुलुक बन्ने गर्वपूर्ण अवस्थामा प्रवेश गर्न लागेको र यहाँको क्षेत्रीय विद्युत् आपूर्तिको नियमितताका लागि अत्यावश्यक रहेको ठहर गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस