आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ओलीकै सल्लाहमा भारतले नयाँ नक्सा छापेको हो : सभापति देउवा

AuthorAP Khabar२०७६ मंसिर ७, शनिबार (४ साल अघि) ७४८ पाठक संख्या

मंसिर ०७ काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सल्लाहमा भारतले नँया नक्सा छापेको आरोप लगाएका छन् ।

पोखरामा आयोजित उपनिर्वाचन सभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सोधरै भारतले नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाए । प्रधानमन्त्री ओलीको राष्ट्रवादले कालापानीमा घुँडा टेकेको उनले बताए । देउवाले भने, “भारतले प्रधानमन्त्री ओलीसँग परामर्श गरेरै नक्सा छापेको हो ।”

जनतालाई उल्लु बनाएर निर्वाचन जितेका प्रधानमन्त्री ओलीले कालपानीमा आफ्नो असली राष्ट्रवाद देखाएको सभापति देउवाको आरोप छ । २ नोभेम्बरमा नेपालको भूभाग समेटेर भारतले राजनीतिक नक्सा सार्वजनिक गरे पछि यसको नेपालमा चर्को विरोध भइरहेको छ ।

सभापति देउवाले भने प्रधानमन्त्री ओली कालापानीमा लम्पसार परेको बताए । “यिनीहरु राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन् । सधैं जनताका आँखामा छारो हानेका छन्”, उनले भने ।

कास्की–२ मा हुने उपनिर्वाचनको निर्वाचन सभालाई सम्बोधन गर्दै सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायत पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस