आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको फतुवा बिजयपुर नपाको २९० जना कर्मचारीले पाएनन् ५ महिनादेखि तलब

AuthorAP Khabar२०७६ मंसिर ८, आईतबार (४ साल अघि) १३२७ पाठक संख्या

मंसिर ०८ रौतहट ।अखिलेश कुमार यादव

रौतहट जिल्लाको विकट नगरपालिकाका रूपमा रहेका फतुवा विजयपुर नगरपालिकाको नगर सभा नहुँदा विगत ५ महिना देखि शिक्षक तथा कर्मचारीहरूले तलब पाएका छैनन् ।

नगरप्रमुख तथा उपप्रमुखको बिच हुँदै आइरहेको आपसी विवादले  रोकिएको नगर सभाको मारमा नगरपालिका भित्र रहेका विद्यालयका शिक्षकहरू तथा नगरपालिकामा कार्यरत कर्मचारी, स्वास्थ्यका कर्मचारी र कृषि तथा पशुका कर्मचारीहरू परेका छन् । दोस्रो चौमासिक निकासाको प्रक्रिया अगाडी बढेका बेला दसैँ तिहार र छठ जस्ता महत्त्वपूर्ण पर्वहरूमा नगर भित्रका शिक्षक तथा कर्मचारीहरूले तलब भत्ता नपाउँदा पटक पटक शिक्षकहरू र कर्मचारीहरू आन्दोलित हुन बाध्य भएका छन् ।

दसैँ तिहार अगाडी नै नगरपालिकामा धर्ना दिनुका साथै विद्यालय बन्द समेत गरेको भए पनि त्यो बेला नगरपालिकाले गरेको सम्झौता अझै लागु हुन सकेको छैन । तिहार तथा छठ पर्वका बेला जेनतेन गरेर बालबालिका तथा सामाजिक सुरक्षाको रकम हात पारेको नगरपालिकाले बालबालिकाहरू र बृद्धबृद्धाहरुलाई केही मात्रामा वितरणको कार्य गरे पनि तिनलाई शिक्षा दीक्षा दिने शिक्षक तथा समाजमा भएका समस्याहरूको पहिचान गर्ने स्वास्थ्य, नगरपालिका र कृषि तथा पशुका कर्मचारीहरूलाई भन्ने कुनै वास्ता गरेनन् । पटक पटक मेयर गोपाल राय यादव र उपमेयर कान्ति देवी बिचको आपसी विवादको कारणले गर्दा  ढिलो हुने गरेको नगर सभाले जनप्रतिनिधीहरुलाई केही असर नगरे पनि नगरपालिकाको विकास कार्यमा भन्ने प्रत्यक्ष असर पारेको छ ।

मेयर र उपमेयरको सबै कार्य भित्र भित्र हुने र बाहयरुपमा जनतालाई देखाउन आपसमा लड्ने कार्य गरेको स्थानीयहरूको आरोप छ । गत मङ्सिर ५ गते हुने भनिएको नगर सभाले तलब लगायतका अन्य समस्याहरू समाधानका लागि बाटो खुल्ने आसमा गरिए पनि सभा हुन नसक्दा सबैको आस मरेको छ । स्थानीयवासीले मेयर यादव तथा उपमेयर कान्दि देवीले नगर सभा अगावै आफ्ना सबै योजनाहरू भित्र भित्रै तयार गरी कार्य आरम्भ गर्ने गरेको र पछि आई आर्थिक वर्ष समाप्तिका बेला नगर सभाको नौटङ्की गर्ने र कार्य अनुमोदन गरी रकम झ्याम पार्ने गरेको गुनासा गरेका छन् ।

नगर भित्र रहेका करिब १९० शिक्षकहरू, ५० स्वास्थ्यकर्मीहरु र १० कृषि तथा पुस कर्मचारीहरू तथा नगरपालिकामा कार्यरत ४० कर्मचारी गरी जम्मा २९० जनाले हालसम्म तलब भत्ता खान पाए छैनन् । मङ्सिर ५ गते हुने भनिएको नगर सभा के कति कारणले रोकिएको हो रु भन्ने प्रतिक्रियामा केही दिन अगाडी मात्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका जयचन्द्र साहले भने आफूलाई यसबारे केही जानकारी नभएको र यसको विस्तृत जानकारी मेयर साहबलाई मात्र भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस