आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नौ लाख ६० हजार रुपैयाँ सहित २३ जुवाडे पक्राउ

AuthorAP Khabar२०७६ मंसिर ९, सोमबार (४ साल अघि) २७८ पाठक संख्या

मंसिर ०९ काभ्रे,
जिल्ला प्रहरी कार्यालय काभ्रेले नौ लाख ५७ हजार ८७० रुपैयाँ सहित २३ जुवाडे पक्राउ गरेको जनाएको छ । धुलिखेल नगरपालिका वडा नं. ९ का महेश राउतको घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) जयराज सापकोटाले जानकारी दिए ।

सुराकीले दिएको जानकारीका आधारमा एसपी सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले गए राती नगद सहित जुवाडे पक्राउ गरेको हो ।

काभ्रेमा नै अहिले सम्मको ठूलो रकम सहित २३ जुवाडे पक्राउ परेका हुन ।

अदालतबाट म्याद थप सगैँ पत्रकार सम्मेलन गरेर जुवाडे सहितको नगद सार्वजनिक गर्ने एसपी सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस