आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुई नागरिकता बनाएर ३४ करोड ठगी

AuthorAP Khabar२०७६ मंसिर १०, मंगलबार (४ साल अघि) ३९१ पाठक संख्या

मंसिर १० काठमाडौं
नाम : केदारप्रसाद गौतम
काम : कृषि विकास बैंकका अधिकृत
नक्कली नाम : तेजबहादुर थापा
प्रयोजन : तेजबहादुरको नाममा विदेशबाट पैसा आएको देखाएर बैंकलाई ठग्न

कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत केदार आफ्नै नाम बदलेर कृत्रिम ग्राहक बने । त्यसअघि तेजबहादुर थापा, नाममा नागरिकता निकाले, पासपोर्ट बनाए । आफ्नै बैंकमा त्यस नाममा खाता खोले ।

विदेशबाट रेमिट्यान्स आएको भन्दै पैसा झिक्दै त्यता हाले । एक दुई हजार, लाख होइन…. करोड पनि होइन, करिब ३४ करोड रुपैयाँ ।

यत्रो ठग्दा पनि बैंकका न शाखा प्रमुखले थाहा पाए । न केन्द्रीय कार्यालयले । जब उनी राजीनामा दिएर विदेश पलायन भए, बल्ल पोल खुल्यो । अब उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परिसकेका छन् ।

गौतमसहित ८ जनाविरुद्ध जनही ३४ करोड बिगोसहित अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालले जानकारी दिनुभयो । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस