आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल निर्देशकको राजीनामापछि स्वास्थ्यसेवा पुन: सञ्चालनमा

AuthorAP Khabar२०७६ मंसिर १०, मंगलबार (४ साल अघि) ४१८ पाठक संख्या

मंसिर १० भक्तपुर

भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल निर्देशकको राजीनामापछि स्वास्थ्यसेवा पुन: सञ्चालनमा आएको छ ।

अस्पतालको पुरानो व्यवस्थापन समितिले नियुक्त गरेको अस्पतालको नयाँ मेडिकल निर्देशक र उपनिर्देशकले राजीनामा दिएपछि अवरुद्ध अस्पतालको सेवा साेमबारबाट संचालनमा आएको हो ।

पुरानो व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्यकारी निर्देशकमा रुपेश शिलाकार, मेडिकल निर्देशकमा डा.दिपेश धिताल, मेडिकल उपनिर्देशकमा डा.अजयकुमार झा र डा.उत्सवमान श्रेष्ठलार्ई नियुक्त गरेलगत्तै पदबहाली गर्न आएपछि गत आइतबार त्यसको विरोधमा अस्पतालमा झडप नै भएको थियो ।

अस्पतालमा नाराबाजी र झडपले गर्दा बिरामीले पाउने सेवामासमेत असर परेको थियो भने पदबहाली गर्न आएका पदाधिकारी एवं कर्मचारीलाई स्थानीयवासीले समेत आक्रमण गरेका थिए ।

अस्पतालमा भएको भ्रष्टाचारको छानबिन गरेर भ्रष्टाचारीलाई कारवाही नगरेसम्म पुरानो व्यवस्थापन समितिका पदाधिकारीलाई प्रवेश निषेध गरिएको छ ।

घटनापछि नवनियुक्त मेडिकल निर्देशक डा. धिताल, मेडिकल उपनिर्देशक डा. झा र डा.श्रेष्ठले साेमबार विज्ञप्ति प्रकाशित गरी आफूहरुले पाएको पद त्याग गरेको लिखित घोषणा गरेको अस्पतालले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस