आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छोरा जावेदको आत्म हत्या नभई हत्या भएको बुबा शानीको आरोप

AuthorAP Khabar२०७६ मंसिर १०, मंगलबार (४ साल अघि) ३३२ पाठक संख्या

कलैया १० मंसिर : जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ ईनर्वाशिरा निवासी महम्द शानी देवानले छोरा जावेदको आत्म हत्या नभई कर्तब्य गरि मारेर आत्म हत्या देखाउने काम भएको दावी गरेका छन् ।

छोरालाई अन्यत्र नै मारी कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित मोतिवागमा रहेको डेरामा घाटीमा पासो लगाई आत्म हत्या गरी मरेको भनी देखाउनलाई कार्तिक २८ गते राती नै कोठामा राखेको हाम्रो बुझाई रहेको देवानले भने ।

पासो लगाई आत्म हत्या गर्दा घाटी टाईट हुन्छ तर छोरा जावेदको लासको प्रकृति हेर्दा घाटी झुलेको अवस्थामा रहेको थियो भने पंखामा गमछा बेसरी टाईट गरि बाधिएको थियो र घाटीमा ढिला रुपमा बाधेको हुदा पनि आफुलाई निकै शंका उब्जीएको देवानले बताए ।

कोठामा रहेको खाट भन्दा अढाई ईन्च मात्र जावेदकोे खुटा अग्लो रहेको तथा कोठामा रहेको समानहरु यत्र तत्र नछिटिएको हुदा पनि त्यसमा शंका गर्ने ठाँउ रहेको उनको कथन रहेको छ ।

जावेदले आफनो मोबाईल नम्बर ९८११२५७३२८ बाट आफनो सहपाटीलाई बेलुका ७ बजेर १६ मिनेट देखि ८ बजेर ४६ मिनेट सम्म एसम एस गरि म न्या अलझनमा परेको छु र अहिले उनको बुबा संग छु भनेर पटक पटक एसम एस गरेको अनि त्यसपछि मोबाईलको कनेक्सन कटेको मृतक जावेदका बुबा शानी देवानले बताए ।

उनका अनुसार छोरालाई खोज्न बिहीबार स्कुलमा समेत केहि ब्यतिmहरु आएको थियो । कार्तिक २९ गते श्री ३ चन्द्र माबिको दक्षिण तर्फ रहेको एक कोठामा चुकुल लगाएको अवस्थामा घाटीमा पासो सहित मृतक छोरा जावेदलाई प्रहरीले फेला पारेपछि मात्र मलाई जानकारी गराएको थियो उनले भने ।

घटना घटेको करिब ११ दिन भईसकेपनि घटना जुन हिसावले छानबिन हुनु पर्ने हो त्यो तवरबाट छानबिन गर्नका लागि प्रहरीले चासो नदेखाएको पिडित देवानले आरोप लगाए । कलैया स्थित रहेको ईनरनेशनल बोर्डिङ स्कुलमा कक्षा १० मा अध्यक्षरतm १९ बर्षिय जावेद पढाईमा अवल रहेका थिए ।

सधै हाँसी रहने कुनै कुराको उलझन आउदा सहज हिसावले हल गर्ने साहसी र निडर स्वाभावका रहेको हुदा हिम्मत हार्ने हिसावले कहिलेपनि कुनै काम नगरेको बिधालयका प्रिन्सीपल सुसिल अधिकारीले बताए । खेलमा निकै रुची राख्थे अर्का प्रिन्सीपल बसन्त घिमिरेले जानकारी दिए ।

यता घटना बारे सुक्षम रुपमा अनुसंन्धान भईरहेको र भिसराको रिपोर्ट आए पछि मात्र आत्म हत्या हो या हत्या भने कुरा खुल्ने प्रहरी प्रवतmा रंजित सिह राठौरले भने ।

प्रतिक्रिया दिनुहोस