आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको सुन्दरपुर स्थित विश्वकै दोश्रो ठुलो गढिमाई मेला आजदेखी शुरु । मेयर श्याम यादवद्धारा उदघाटन ।

AuthorAP Khabar२०७६ मंसिर ११, बुधबार (४ साल अघि) २३४ पाठक संख्या

ओम प्रकाश यादवमंसिर ११ गते रौतहट ।

विश्वकै दोश्रो ठुलो गढिमाई मेलाको रुपमा प्रख्यात रौतहटको सुन्दरपुरमा लाग्ने गढिमाई मेला आजबाट शुरु भएको छ ।
आज एक कार्यक्रमका विच गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले उक्त गढिमाई मेलाको औपचारिक रुपमा उदघाटन गरेका छन ।

मेयर यादवले मेलाको उदघाटन गरेसँगै मेला आजदेखी विधिवत रुपमा शुरु भएको छ ।
जिल्लाको गढिमाई नगरपालिका वडा नं ४ सुन्दरपुर स्थित रहेको गढिमाई मन्दिरमा आजदेखी मेला लाग्न शुरु भएको हो ।

आजदेखी शुरु भएको सुन्दरपुरको गढिमाई मेला मंसिर २० गतेसम्म लाग्ने छ । मेलामा मंसिर १७ गते राँगा र १८ गते खसीको बलि दिने कार्यक्रम रहेको मेला आयोजक गढिमाई विकास केन्द्रले जनाएको छ ।

बाराको बरियारपुरमा विश्कै सबभन्दा ठुलो गढिमाई मेला लाग्ने गर्दछन भने त्यसपछिको दाश्रो ठुलो मेला रौतहटको सुन्दरपुरमा लाग्ने गर्दछन ।
प्रत्येक पाँच पाँच वर्षको अन्तरालमा लाग्ने गढिमेला यस वर्ष लागेको हो ।
रौतहटमा सात ठाउँमा गढिमाई माईको मेला लाग्ने गर्दछ । सुन्दरपुर, बलुवा मदनपुर, हरैया, दुधियाभार, कनकपुर, माधोपुर सहितको ठाउँमा मेला लाग्न शुरु भएको छ ।

यसैविच गएराति माधवनारायण नगरपालिका वडा नं ६ माधोपुरमा पनि गढिमाई मेला शरु भएको छ ।
नगर प्रमुख विरेन्द्र यादवले राति मेलाको उदघाटन गरेसँग माधोपुरमा पनि गढि मेला शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस