आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्याक्टर चालकलाई पेस्तोल देखाएर हातपात गर्न खोज्ने पक्राउ

AuthorAP Khabar२०७६ मंसिर १२, बिहिबार (४ साल अघि) २४१ पाठक संख्या

मंसिर १२ उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार राती एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । बेलका नगरपालिका–३ सातपत्रे निवासी गंगाबहादुर खत्रीको छोरा १९ वर्षीय मानेज खत्रीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताए ।

एक ट्याक्टरलाई रोकेर कामदारलाई हातपात गर्दै पेस्तोल देखाएको सूचनाको आधारमा खत्रीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

करिब साढे ९ः०० बजे सातपत्रेबाट रामपुरतर्फ आउँदै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरलाई रोकी सोही ट्याक्टरमा काम गर्ने स्थानीय १८ वर्षीय विश्व खड्कालाई ट्याक्टरबाट झारेर खत्रीले पेस्तोल देखाउदै हातपात गरेका थिए ।

घटनाको जानकारी पाउना साथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटेका प्रहरी टोलीले पेस्तोल र पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोलीसहित खत्रीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनामा अर्का एक जना पनि संलग्न भएको खुलेकाले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस