आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिकित्सकले भने प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार छैन तर खतरमुक्त हुनुहुन्छ

AuthorAP Khabar२०७६ मंसिर १३, शुक्रबार (४ साल अघि) ४६६ पाठक संख्या

मंसिर १३ काठमाडौं ।

चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको जानकारी दिएका छन । शुक्रबार अस्पातालमा पत्रकार सम्मेलन गरेर उपचारमा संलग्न चिकित्सकहरुले  प्रधानमन्त्री स्वास्थ्यमा उल्लेख्य सुधार नभएपनि खतरामुक्त रहेको बताए  ।

ओलीको मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिदैं चिकित्सकहरुले भने अहिलेकै अवस्थामा उहाँ खतरमुक्त हुनुहुन्छ भोली वा पर्सी भविष्यको बारेमा कामना गरौं राम्रो हुनेछ ।

प्रधानमन्त्रीका  निजी चिकित्सक डा.दिब्या सिंह शाहले  भनिन्, ‘अहिलेको अवस्थामा खतरामुक्त हुनुहुन्छ । भोलि वा पर्सि वा भविश्यको कुरा समयले बताउँछ ।’

प्रधानमन्त्रीको  मिर्गौला पुनः प्रत्यारोपणको तयारी समेत भईरहेको चिकित्सकले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसका लागी उपयुक्त समयका विषयमा चिकित्सकहरुबीच छलफल भईरहेको पत्रकार सम्मेलनमा चिकित्सकले बताए ।

प्रतिक्रिया दिनुहोस