आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पोखराको सरस्वती टिका मावि मतदान केन्द्र नजिकै बम विस्फोट

AuthorAP Khabar२०७६ मंसिर १४, शनिबार (४ साल अघि) ८०३ पाठक संख्या

मंसिर १४ पोखरा ।

पोखराको सरस्वती टिका मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । उपनिर्वाचनको मतदान शुरु हुनुअगावै मतदान केन्द्रस्थलदेखि ५० मिटर पर बम विस्फोट भएको हाम्रा संवाददाता माधव पनेरुले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बम विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन ।अहिले मतदान गर्ने क्रम जारी छ । त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । बम विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

कास्की निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभाका लागि नेकपाबाट विद्या भट्टराई र नेपाली कांग्रेसबाट खेमराज पौडेल चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस