आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एम्बुलेन्स दुर्घटना हुँदा प्युठानमा एक जनाको मृत्यु

AuthorAP Khabar२०७६ मंसिर १४, शनिबार (४ साल अघि) ३५७ पाठक संख्या

मंसिर १४ प्युठान : जिल्लाको ऐरावती गाउँपालिका पाँच पकलामा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

शुक्रवार राति ऐरावती एक वन्जाडे गाउँमा सुत्केरी विरामी छोडेर फर्कने क्रममा धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ऐरावती पाँच जाडिका २८ वर्षीय रेशम थापाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका थापाको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।

दुर्घटनामा घाइते हुनेमा सोहि गाउँका ऐम्बुलेन्स चालक ३२ वर्षीय खेमराज थापा, १९ वर्षीय लक्ष्मण थापा, ३१ वर्षीय होतराज थापा र २१ वर्षीय प्रदिप थापा छन् ।

लक्ष्मण थापाको सामान्य अवस्था भएकाले विजुवारमै उपचार भइरहेको छ भने अन्य तीन जनाको जिल्ला अस्पताल विजुवारमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस