आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बागलुङ जीप दुर्घटना : मृतकहरुको नाम खुल्यो (अपडेट)

AuthorAP Khabar२०७६ मंसिर १७, मंगलबार (४ साल अघि) ३०१ पाठक संख्या

बागलुङ १७ मंसिर ।

बागलुङमा जीप दुर्घटना हुँदा १४ को घटनास्थलमै मृत्यु भएको छ भने एक जना बेपत्ता भएका प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार बागलुङको बडिगाड गाउँपालिका–७ को कोप्चे भन्ने स्थानबाट जीप बडिगाड खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मीको इस्माबाट कुलपूजाका लागि निसिखोलाको बायोखोला जाँदै गरेका गुल्मीका नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि बूर्तिवाङ पठाइएको छ ।

प्रहरीका अनुसार जीपमा १८ यात्रु सवार रहेका र एक जना बेपत्ता भएको बताइएको छ । चालकको समेत मृत्यु भइसकेका कारण घटना अनुसन्धानका लागि कठिनाई भएको छ । क्षमता भन्दा बढी यात्रु रहेका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

जीप सडकबाट ५०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा मृत्यु हुनेमा गुल्मी इस्मा गाउँपालिका ५ का २५ वर्षीय चालक रेशम थापा, त्यस्तै इस्मा गाउँपालिका ५ कै २३ वर्षीया माया थापा, ४० वर्षीया वसुन्धरा कार्की, ४० वर्षीया सीता कार्की, ५५ वर्षीया तुलसी कार्की, ४५ वर्षीया भूमि कार्की, २५ वर्षीय मीना कार्की, ६५ वर्षीय धनबहादुर कार्की, ४० वर्षीय झवि कार्की, नवलपरासी वर्दघाटकी झुमा कार्की, बागलुङ बडिगाड ५ लक्ष्मी केसी, सुचना कार्की र अन्दाजी ५ वर्षीय बालिकासहित एकजनाको  परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइते हुनेहरुमा नवलपरासी वर्दघाट २ वस्ने १८ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गापा वडा नं। ४ का ८ वर्षीय को हिमाल कार्की, र सोहि स्थानमा की २४ वर्षीया निमा केसि रहेको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा इश्मा ४ तल्लो घर बाटामुनी वस्ने ६५ वर्षको धन बहादुर कार्की रहेको प्रहरीले जनाएको छ। घाइतेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी गरिएको छ।

मृतकहरुको घटनास्थलमै पोष्टमार्टम गर्ने तयारी भैरहेको घटनास्थलबाट सहकर्मी राजु आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस