आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रचण्डले बोलाए सचिवालय बैठक

AuthorAP Khabar२०७६ मंसिर १८, बुधबार (४ साल अघि) ७३५ पाठक संख्या

मंसिर १८ काठमाडौं नेकपा सचिवालय बैठक बुधबारका लागि डाकिएको छ । पार्टी हाँक्ने जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहालले पहिलोपटक बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो ।

‘बुधबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको छ’, महासचिव विष्णु पौडेलले भन्नुभयो, ‘नियमित बैठककै रूपमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुन्छ।’

२०७५ जेठ ३ मा तत्कालीन एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएयता दाहालले पार्टीमा आफू पनि अध्यक्ष रहेको महसुस गर्नुभएको थिएन।

पार्टी बैठकको अध्यक्षता र सरकारको नेतृत्वसमेत ओलीले गरेपछि नेकपाभित्र दुई अध्यक्षको कार्य विभाजनको विषय बहसमा थियो ।बैठक पार्टी कार्यालय धुम्बाराहीमै बस्नेछ।

प्रतिक्रिया दिनुहोस