आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

करियरका लागि पढाई त्यागेका यी हुन ४ बलिउडका कलाकारहरु

AuthorAP Khabar२०७६ मंसिर २२, आईतबार (४ साल अघि) ३५२ पाठक संख्या

मंसिर २२ काठमाडौं :

 शिक्षा मानव जीवनमा अति आवश्यक हो भन्ने तपाई हामी सबैलाई थाहनै छ । भनिन्छ शिक्षाले उज्यालो दिन्छ । शिक्षा विनाको जीवन अन्धकार हुन्छ । शिक्षाले जीवनलाई सहज बनाउछ ।

तर शिक्षा कति तहसम्मको लिने हो त्यो व्यक्तिमा भर पर्ने कुरा हो । हुन त जीवन भर मानव अनौपचारिक शिक्षा त लिरहेको हुन्छ । तर औपचारिक शिक्षा कति लिने भन्ने कुरा मानवमा भरपर्छ ।

कोही व्यक्तिले चाहदा चाहँदै पनि औपचारिक शिक्षालाई अगाडि बढाउन नसक्ने अवस्था हुन्छ । त्यस्ता कतिपय व्यक्तिहरुले निकै चर्चा पनि कमाइरहेको हुन्छ ।

विशेष गरेर सिनेमा क्षेत्रको कुरा गछौं । बलिउडमा पढाइलाई सँगै लान नसकेका चिर्चित कलाकारहरु धेरै छन् ।

आमिर खान


बलिउड कलाकार आमिर खान फिल्म क्षेत्रमा एकदमै लोक प्रिय कलाकार हुन् । उनले बलिउड फिल्म उद्योगमा राज गरिरहेका छन् ।

उनले कुन स्कुलमा कती पढे भन्ने रिर्पोट नभएको भारतीय मिडियाहरुले जनाएका छन् । उनले एक भारतीय टिभि च्यानलको कुराकानीमा कुनै पनि स्कुलमा कुनै नाता नरहेको अथवा स्कुल नगएको बताएका छन् ।

सलमान खान


सलमान खान भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता हुन् । अभिनेता सलमान खानले उनको स्कुलसम्मको पढाइ सिन्धिया स्कुल ग्वालियरबाट गरेका थिए । त्यसपछि उनी मुम्बई आए र सेन्ट स्टीन्लोस स्कुल अफ मुम्बईबाट हाइस्कुलसम्मको पढाइ पूरा गरेका थिए ।

त्यसपछि ग्रयाजुयशनका लागि उनी मुम्बईको नेशनल कलेजमा भर्ना भएका थिए । तर उनी कहिल्यै कलेज गएनन् । तसर्थ सलमान खानले हाईस्कुलसम्मको मात्रै पढाइ गरेका छन् । उनी यो समय बलिउड फिल्ममा धुम मचाइरहेका छन् ।

अक्षय कुमार


बलिउडका स्टार अभिनेता हुन्, अक्षय कुमार । अभिनेता अक्षय कुमारले गुरुनानक खालसा कलेज मुम्बईमा ११ कक्षामा भर्ना भएका थिए । तर उनी कलेजको परीक्षामा कहिल्यै सहभागी भएनन् ।

एक अन्तर्वार्तामा अक्षयले भनेका थिए कि, उनले विद्यालयको पढाइलाई कहिल्यै प्राथमिकता दिएनन् । तर उनको जीवनमा अनुशासनको भने महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

अर्जुन कपूर


यस्तै फिल्म निर्माता बोनी कपूरका छोरा अर्जुन कपूर १२ कक्षा फेल हुन् । तर बलिउड फिल्म उद्योगमा अर्जुन आफ्नो पहिचान बनाउन सफल अभिनेता हुन् ।

प्रतिक्रिया दिनुहोस