आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सानो पाईलामा ठुलो भ्रष्टाचार भईरहेको आरोप

AuthorAP Khabar२०७६ मंसिर २३, सोमबार (४ साल अघि) ३६६ पाठक संख्या

एपी संवादाता
बिरगंज , २३ मंसिर : बिरगंजको छपकैया स्थित सानो पाईलामा ठूलो भ्रष्टाचार भईरहेको आरोप लगाईएको छ । बिरगंज महानगरपालिका वडा नं.२ स्थित सानो पाईलाका पुर्व बजार व्यवस्थापक अजितम पाण्डेले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुँन् ।

भवन निर्माण गर्ने क्रममा १४ लाखको भवन निर्माण भएको रसीदहरु आँफुसँग रहँदा रहँदै पनि बिना रसीद कै अडिट भएको पाण्डेले आरोप लगाएका छन् । सानो पाईला संस्थाका प्रमुख कार्यकारी अधिकृत कंचन झाले कार्यालय भित्र तानाशाहि चलाउँदै आईरहेको र सोको विरोध गर्दा झुठो मुद्दामा फसाउँने जस्ता कार्य गर्ने भएकोले सोको बिरोधमा कोहि पनि बोल्न डराउँने भएको पाण्डेले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

सानो पाईलाका अजितम पाण्डेको उजुरीको आधारमा मंसिर ४ गते कंचन झाको बिरोधमा मुद्दा दर्ता र ५ गते जिल्ला प्रहरी कार्यलय पर्साबाट पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएको १३ दिन बिति सक्दा पनि पर्सा प्रहरीले झालाई पक्राउ गर्न चाँसो नदेखाएको र मंसिर १८ गते अदालतबाट निषेधाज्ञा जारी गराई मंसिर २७ गते सम्मको लागि प्रहरीले पक्राउ गर्न नपाउँने आदेश गराएकोमा प्रहरी माथी नंै शंका भएको पाण्डेले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

सानो पाईला नामक गैर सरकारी संस्था बिरगंजका प्रमुख कार्यकारी अधिकृत कंचन झा र लेखापाल दिपेश सरार्फले करोडौंको रकम हिनामिना गरेको पत्रकार सम्मेलन पाण्डेले जानकारी दिए ।
बिहिवार १२ गते जिल्ला प्रशासन कार्यालय पर्सामा झा र सरार्फ विरुद्ध भ्रष्टाचारको उजुरी परे पछि यो तथ्य सार्वजनिक भएको हो । कार्यकारी झाले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम स्थित वडा नम्बर १ स्थित रामानन्द चौकमा रहेको सानो पाईला लागू औषध पुनःस्थापना केन्द्रको भवन निर्माणमा १४ लाख ५० हजार खर्च भएको भए पनि झाले ४८ लाखको बिल भौउचर पेस गरि लाखौं रकम हिनामिना गरेको बुझिएको छ ।

संस्थामा हरेक वर्ष बिदेशबाट रु.२० लाख रकम आउँने गरेकोमा यो वर्ष देखि झन् बढि रकम आएका सो रकममा समेत हिनामिना भएको उजुरीमा उल्लेख गरिएको छ । २०७२ सालमा भुकम्पमा परेका पिडितहरुका लागि आएको जस्ता पाता र त्रिपाल बितरण गर्दा आफ्नों हातले बिल भाउचर बनाएर लाखौं रकम हिनामिना गरेको पाण्डेले बताएका छन् ।

संस्थाको नियम अनुसार हरेक ३ वर्ष भित्र अधिवेशन गर्नु पर्ने भए पनि बिगत ६ वर्ष देखि अधिवेशन नैं नगरी एकलौटी ढङ्गबाट संस्था सञ्चालनमा रहेको छ । कार्यकारी झालाई प्रहरीले अहिले सम्म पक्राउ गर्न असफल भएको छ ।

संस्थाको बिरुद्धमा बोल्ने कर्मचारीहरुलाई कार्यकारी झाले हटाउँने गरेको र अहिले सम्म बिक्रान्त नेपाल , अजित राई , शैलेन्द्र त्रिपाठी , अजितम पाण्डे , साधुराम खड्गी , दिपेश सिंह ठकुरी , अजित बोस , दिपराज वर्मा , सरफुला अंसारी लगायत एक दर्जन भन्दा बढि कर्मचारीलाई तानाशाहीले हटाएको पाण्डेले प्रष्ट पारेका छन् ।

यसैबिच संस्थाका कार्यकारी झाले लाखौं रकम हिनामिना गरे पछि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा समेत कारवाहीको लागि उजुरी परेको पाण्डेले बताए । त्यसैगरि सस्थाको पैसा व्यक्तिगत प्रयोजनको लागी व्याजमा बिरगंज वडा न.४ निवासी भुपेन्द्र पौडेलको छोरी नेहा पौडेललाई २०६९ र ११ र २१ गते २,५०,००० र– ८५ का दरले व्याजमा लगाएको र आफ्नों व्यक्तगत प्रयोजन कै लागी महिनाको लाखौं रकम खर्च गर्दै आईरहेको समेत जानकारी गराएका थिए ।

के झा कानुन भन्दा माथि र सरकार भन्दा ठूलो र पावरफुल हो त ? भन्ने समेत पाण्डेले प्रश्न उठाएका थिए । मैंले लगाएको आरोप झुठो भए कानुनको कठघरामा उभिन तयार रहेको समेत बताए । यस विषयमा बोल्दा मेरो ज्यान असुरक्षित रहेको , तर सत्यको लागी आँफु पछी नहट्ने बरु मर्न तयार रहेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस