आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वव्यापी भोकमरीमा नेपाल ७३औं स्थानमा

AuthorAP Khabar२०७६ मंसिर २४, मंगलबार (४ साल अघि) २१५ पाठक संख्या

मंसिर २४ काठमाडौँ
ग्लोबल हंगर इन्डेक्स सूचकाङ्क अल्पपोषित जनसङ्ख्या, बाल ख्याउटेपन, बाल पुड्कोपन र बाल मृत्यु दरका आधारमा अध्ययन गरिएको विश्वव्यापी भोकमरी प्रतिवेदनमा नेपाल ७३औं स्थानमा परेको छ।

बेल्ट हंगर हिल्फे र कन्सर्न वल्र्डवाइड नामका दुई संस्थाले संयुक्त रूपमा विश्वका १ सय १७ मुलुकमा गरिएको अध्ययन प्रतिवेदन अक्टोबर २०१९ मा जर्मनीमा सार्वजनिकीकरण गरिएको थियो।

बेल्ट हंगर हिल्फे नेपालको साझेदारीमा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल ९ली–बर्ड० द्वारा नेपाल प्रतिवेदन सार्वजनिकीकरण गरियो। उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य डा। कृष्णप्रसाद ओलीले गर्नुभएको थियो।

प्रतिवेदनले विश्वका मुलुकको भोकमरीको अवस्थालाई न्यून भोक, मध्यम भोक, गम्भीर प्रकृतिको भोक, भयावह भोक र अति भयावह भोक गरी ५ तहमा वर्गीकरण गरेको छ।

यस प्रतिवेदनअनुसार नेपाल गम्भीर प्रकृतिको भोकमा परेको छ। दक्षिण एसियाली मुलुकको तुलनामा नेपाल श्रीलङ्काको भन्दा कमजोर तर बङ्गलादेश, पाकिस्तान, भारत र अफगानिस्तानभन्दा राम्रो रहेको जनाएको छ।

छिमेकी मुलुक चीन २५औं स्थानमा र भारत १ सय २औं स्थानमा छन् भने भुटान र मालदिभ्स यस अध्ययनमा समावेश भएका छैनन्। अध्ययन प्रतिवेदनमा समेटिएका मुलुकमध्ये अति भयावह भोकमा मध्ये अफ्रिकी गणतन्त्र सबैभन्दा पछि १ सय १७ स्थानमा परेको छ। यसै गरी चाड, माडागास्कर, यमन र जाम्बिया पनि यस वर्गमा परेका छन्।

प्रतिक्रिया दिनुहोस