आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तेस्रो बारा महोत्सवमा आज बुधबार राधिका हमालको प्रस्तुत

AuthorAP Khabar२०७६ मंसिर २५, बुधबार (४ साल अघि) ४०६ पाठक संख्या

मंसिर २५ सिमरा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा जारी तेस्रो बारा महोत्सव २०७६ मा आज चर्चित लोक दोहोरी गायिका राधिका हमालले आफ्नो प्रस्तुती देखाउने भएकी छिन् ।

एस फाउण्डेशन अफ नेपालको आयोजनामा जारी महोत्सवमा सातौ दिन गायिका हमालले आज आफ्नो प्रस्तुती देखाउने भएकी हुन् ।

लोक दोहोरी क्षेत्रमा आफ्नो नाम स्थापित गराउन सफल गायिका हमालको साथमा गायक दिपक खड्काले पनि आफ्नो प्रस्तुती देखाउने आयोजक कमिटिका व्यवस्थापक पारश श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवको छैठौ दिन हिजो चर्चित गायिका मेलिना राई, गायक तम्पशेर राई लगायतले आफ्नो प्रस्तुती देखाएका थिए ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभटाईजि¨संगको सहकार्यमा जारी महोत्सव मंसिर २९ गतेसम्म चल्नेछ । महोत्सवमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय मुख्य सहयोगी संस्थाको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस