आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ओलीलाई नेम्वाङको प्रश्न ‘प्यासिफिक समिट’मा सरकार किन प्रयोग ?

AuthorAP Khabar२०७५ पौष ६, शुक्रबार (५ साल अघि) ४५४ पाठक संख्या

काठमाडौं , पुस ६ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारको कार्यशैलीको विरोध गर्नुभएको छ । उपनेता नेम्वाङले शुक्रबार स्थायी कमिटी बैठकमा सरकार प्रयोग हुनु गलत भएको टिप्पणी गर्नुभयो ।

‘एशिया प्यासिफिक समिटमा सरकार किन प्रयोग भयाे  ?’ बैठक संसदीय दलका नेता समेत रहनु भएका प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै  नेम्वाङले भन्नुभयो, ‘त्यो घटनाले प्रधानमन्त्री र मन्त्रीहरुको सर्वत्र आलोचना भएको छ । जताततै नकारात्मक टिप्पणी मात्र भएका छन् । त्यसले सरकारलाई फितलो बनाएको छ ।’

नेकपाभित्र प्रधानमन्त्री ओली निकट भनेर चिनिनु भएका नेता नेम्वाङले सरकारको आलोचना गरेपछि बैठकमा सहभागी स्थायी कमिटीका अन्य नेतहरु समेत दंग परे ।

बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति कटाक्ष गर्नुभएको स्रोतले जनाएको छ ।  अध्यक्षद्वयको प्रतिवेदनप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल , श्रममन्त्री गोकर्ण बिष्ट तथा स्थायी कमिटी सदस्यहरु छविलाल विश्वकर्मा, अमिक शेरचन र मणि थापा लगायत ७ जनाले आफ्नो धारणा राख्नुभएको छ ।

अर्को बैठक शनिबार बिहान साढे ८ बजे बस्ने कार्यालयसचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस