आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मौलापुर नगरपालिकाको सराहनीय कार्य मालपोत कर न लिने घोषणा

AuthorAP Khabar२०७६ मंसिर २७, शुक्रबार (४ साल अघि) ३०२ पाठक संख्या

मंसिर २७ रौतहट  ।

स्थानीय तहले लगाएको र बढाएको करका कारण मुलुकभर आलोचना भइरहेका बेला  रौतहट जिल्लाको मौलापुर नगरपालिकाले भने उदाहरणीय काम गरिरहेको छ ।

मौलापुर नगरपालिकाले त मालपोत कर पनि लिने गरेको छैन् । मौलापुर नगरपालिकाबाट प्रदान गरिने सेवाहरू निस्शुल्क रहेको छ ।

यस नगरपालिकाले पञ्जिकरण ९जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाईसराई दर्ता०, नाता प्रमाणित, विभिन्न खाले सिफारिश देखि लिएर मालपोतसम्मको सेवामा कुनै कर लगाएको छैन ।

जबकी रौतहटकै अन्य स्थानीय तहहरुमा हरेक शीर्षकमा कर लिने गरिएको छ ।  मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले जनतालाई धेरै आर्थिक भार पर्न नदिन नगरबाट दिइने सेवाहरु निस्शुल्क बनाइएको बताइन् ।

उनले भनिन्, “जनतालाई अधिकार सम्पन्न बनाउन नै हामीले मुलुकलाई संघीय संरचनामा लगेका हौँ । जनताको ठूलो लडाइबाट प्राप्त यो व्यवस्थामा जनताले राहत महशुस गर्न सकेन भने व्यवस्था परिवर्तनको कुनै अर्थ हुँदैन ।

त्यसैले हामीले यस नगरभित्रका जनतालाई सामान्य कामका लागि कुनै आर्थिक भार नपरोस् भनेर सेवाहरु निस्शुल्क बनाएका हौँ । त्यति मात्र हैन हामीले त बिगत देखि लिईदै आएको मालपोत कर पनि न लिने निर्णय गरेका छैनौँ ।

यसले स्थानीयलाई धेरै राहत दिएको छ ।“ स्थानीय तह गठनपश्चात भएको निर्वाचनपछि कतिपय साविक करमा वृद्धि गर्ने र नयाँ कर निर्धारण गर्ने कामका कारण अधिकांश स्थानीय तह विवादित हुँदै गर्दा मौलापुर नगरपालिकाको निस्शुल्क सेवा प्रदान गर्ने नीतिलाई सकरात्मक मापकको रुपमा अर्थविदहरुले लिएका छन् ।

मौलापुर नगरपालिकाको अनुसरण गर्दै अन्य स्थानीय तहले सेवा सुविधा प्रभावकारी बनाउन सके स्थानीय तहमाथिको विश्वास बढ्दै जाने उनीहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस