आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली सेना चढेको बस दुर्घटना, तीस घाइते

AuthorAP Khabar२०७६ मंसिर २८, शनिबार (४ साल अघि) २५७ पाठक संख्या
मंसिर २८ नवलपरासी।
नेपाली सेना चढेको बस दुर्घटना हुँदा तीसजना सेना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस शनिबार बिहान दुर्घटना हो ।

ना ६ ख ४०४ नम्बर बस आफै अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

बसमा ४० नेपाली सेना थिए । दश जना भने सकुशल रहेका प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस