आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१८ वर्षिय युवा समरजित साहको नेतृत्व पंक्तिमा राख्ने गरि  राष्ट्रिय अग्रगामी पार्टीको घोषणा

AuthorAP Khabar२०७६ मंसिर २८, शनिबार (४ साल अघि) ५८७ पाठक संख्या

 मंसिर २८ काठमाडौं ।

१८ वर्षिय युवा समरजित साहको नेतृत्वमा शनिवार काठमाडौं स्थित लखनखेल बार एसोसिएसनमा २५ जना केन्द्रिय समिती र ५ जना संयोजक समिती सहित राष्ट्रिय अग्रगामी (राअपा) पार्टीको घोषणा गरिएको छ।

पार्टी घोषणा कार्यक्रममा प्रकाश बिकलाई संयोजक समितिको अध्यक्षमा तत्काल राख्ने गरि  पार्टी घोषणा कार्यक्रम बृहत् रुपमा सम्पन्न भएको छ।

युवाहरुले आफ्नो देशको लागि धेरै थोक गर्ने र हाल नेपालमा रहेको सबै पार्टीले देशको लागि केही न गरेको र आफ्नो ब्यक्तिगत स्वार्थको लागि राजनिती गरिरहेको कुरा उल्लेख गर्दै संयोजक समितिको सदस्य समरजित साहले राअपा पार्टीले अगामी दिनमा देशको लागि मेरुदण्डको रुपमा काम गर्ने र जनताको मन जितेर नेपालमै उत्कृष्ट पार्टी बन्ने दाबी गरेका छन।

बाकी केन्द्रिय समिती गठन पौष ११ गते हुने राअपा पार्टीको संयोजक समितिको अध्यक्ष प्रकाश बिस्टले जनाएका छ्न।सन्योजक समितिमा समरजित साह,प्रकाश बिक,पुरशोतम कंडेल ,दिप साह र राकेश यादव सहित २५ केन्द्रीय समिती गठन भएको छ।

प्रतिक्रिया दिनुहोस