आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जमैकाकी सुन्दरी  टोनी एन सिंहलाई सन् २०१९ को मिस वर्ल्डको उपाधि

AuthorAP Khabar२०७६ मंसिर २९, आईतबार (४ साल अघि) ४९३ पाठक संख्या

मंसिर २९ एजेन्सी ।

जमैकाकी सुन्दरी  टोनी एन सिंहले सन् २०१९ को मिस वर्ल्डको उपाधि जितेकी छिन् ।

शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा जमैकाकी सुन्दरी टोनीले १२५ देशका सुन्दरीहरुलाई पछि पार्दै ‘मिस वर्ल्ड’ घोषित भएकी हुन् । मिस वर्ल्ड २०१८( भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन्।

यस्तै मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप फ्रान्सकी सुन्दरी बनिन् भने भारतकी सुन्दरी सेकेन्ड रनरअप बनिन् ।

नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भएकी थिइन् । उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पारिन् ।

प्रतिक्रिया दिनुहोस