आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फिचर फोनको बजारमा नोकियाको अवस्था बलियो, कुन कम्पनीको हिस्सा कति ?

AuthorAP Khabar२०७५ पौष ६, शुक्रबार (५ साल अघि) ४११ पाठक संख्या

पुस ६ : फिचर फोनको विश्व बजारमा नोकियाले आफ्नो अवस्थालाई मजबुत बनाएको छ ।

लगातार पछिल्लो चौथो त्रैमासिकमा पनि विश्वबजारमा फिचर फोनको बिक्रीमा बढोत्तरी भएको छ ।

काउन्टरप्वाइन्ट मार्केट मोनिटर सर्भिसले सार्वजनिक गरेको रिपोर्टले यस्तो देखाएको हो ।

रिपोर्ट अनुसार नोकियाको पुनरागमनसँगै मोबाइल फोन बजारमा फिचर फोनको माग मजबुत भएको हो । नोकिया ३३१० सबैभन्दा लोकप्रिय फिचर फोनको रुपमा पुनरागमन गरेको छ ।

नोकियाका पुनः बजारमा ल्याइएका फिचर फोनहरुको माग बढ्दै जाँदा नोकिया फोन फिचर फोनको बजारमा दोस्रो ठूलो फिचर फोन बन्न सफल भएको छ । फिचर फोन बजारमा पहिलो नम्बरमा आइटेल रहेको छ । आइटेलका स्थानीय प्रडक्टहरु अफ्रिकी बजारमा निकै लोकप्रिय रहेका छन् । जसका कारण आइटेलले आफूलाई फिचर फोनको बजारमा अग्रस्थानमा टिकाउन सफल भएको छ ।

आइटेल र नोकियापछि तेस्रो स्थानमा भारतीय फोन रिलायन्स जियो रहेको छ । त्यस्तै चौथो स्थानमा सामसुङ र पाँचौं स्थानमा टेक्नो फोन फिचर फोन बजारको टप फाइभमा रहेका छन् ।

विद्यमान अवस्थामा आइटेल र नोकिया दुवैको विश्व फिचर फोन बजारमा समान १४ प्रतिशतको बजार हिस्सेदारी छ । त्यस्तै रिलायन्स जियोको बजार हिस्सेदारी ११ प्रतिशत रहेको छ । दक्षिण कोरियाली कम्पनी सामसुङले ८ प्रतिशत हिस्सा ओगटेको छ भने टेक्नोको हिस्सा ६ प्रतिशत रहेको छ ।

फिचर फोनलाई पनि टूजी बाट थ्री जी हुँदै फोर जीमा अपडेट गरिँदैछ । त्यस्तै एप्स तथा अन्य सुविधाहरु पनि फिचर फोनमा थप हुँदै जाँदा प्रयोगकर्ताहरुको रोजाइमा फिचर फोन पर्न थालेका छन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस