आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बंगलादेशसँग हार्यो वेष्टइण्डिज, कप्तान सकिबले लिए पाँच विकेट

AuthorAP Khabar२०७५ पौष ६, शुक्रबार (५ साल अघि) ४३५ पाठक संख्या

काठमाडौं , पुस ६ :  बंगलादेशले वेष्ट इण्डिजविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेट खेलमा सनसनीपूर्ण जित निकालेको छ ।

विहीबार राती ढाकामा भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ३६ रनले पराजित गर्दै तीन खेलको सिरिज १–१ को बराबरीमा पुर्याएको हो ।

.

२१२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इण्डिजले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १७५ मात्रै बनाउन सक्यो ।

वेष्ट इण्डिजका लागि रोभम्यान पावेलले ५०, साई होपले ३६ र केमो पावेलले २९ रन बनाए पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् ।

बलिङतर्फ बंगलादेशका कप्तान सकिब अल हसनले एकै खेलमा पाँच विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र २० रन खर्चिए पाँच विकेट लिएका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको विशाल योगफल तयार पारेको थियो । बंगलादेशका लागि लिटोन दासले ६०, मोहमद महमुदउल्लाले अविजित ४३, सकिब अल हसनले अविजित ४२ र सौम्य सरकार ३२ रन बनाएका थिए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस