आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

द्रुतमार्गको मुआब्जा वितरण अन्तिम चरणमा

AuthorAP Khabar२०७६ पौष १, मंगलबार (४ साल अघि) १९७ पाठक संख्या

बारा : काठमाडौँ–तराईरमधेश द्रुतमार्गको सुरुङ र पुल बाहेकको ८० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएसँगै मुआब्जा वितरणको पनि अन्तिम चरणमा पुगेको छ । तर सेनाले काठमाडौँ–तराईरमधेश द्रुतमार्ग परियोजना सञ्चालनका लागि स्थानीयसँग गरेको प्रतिबद्धता भने अझै पूरा हुन नसकेकोे स्थानियको गुनासो छ

२०७४ साल साउनमा नेपाली सेनाले काठमाण्डौ–तराईरमधेश द्रुतमार्ग निमार्णको जिम्मेवारी पाएको थियो । नेपाली सेनाले काठमाडौँ–तराईरमधेश द्रुतमार्ग निमार्णको जिम्मेवारी पाएसँंगै काठमाडौ, ललितपुर, मकवानपुर र बारा जिल्लाका विभिन्न स्थानमा दु्रतमार्गको रेखाङ्कन शुरु गरेको थियो ।

रेखाङ्कनसँगै परियोजना अन्तर्गत पर्ने जग्गा अधिकरण कार्य पनि अघि बढाइएको थियो । काठमाडौदेखि बाराको निजगढसम्म ७२ दशमलव ५ किलोमिटर लम्बाई रहेको राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न नेपाली सेनाले विभिन्न प्रतिबद्धता सहित स्थानीय चलन–चल्तीको दर–भाउमा जग्गा अधिकरण गरेको थियो । त्यतिबेला राष्ट्रिय गौरवको आयोजना भएको भन्दै स्थानीयले सेनालाई साथ दिए तर सेनाले भने र्शत र प्रतिबद्धता पूरा गर्न नसकेकोले स्थानीयले गुनासो गरेका हुन् ।

राष्ट्रिय गौरवको आयोजना मानिने काठमाडौँ–तराईरमधेश द्रुत मार्ग निमार्णको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाको रहेकाले अन्य विकास निमार्णमा जस्तो चन्दा सहयोग, धाक धम्की र ठूलाबडालाई रिझाउनु पर्ने जस्ता बाह्य अवरोध खेप्न नपरेको ठेकेदारहरुकोे भनाई छ । त्यसैगरी, निमार्ण सामग्री, आयात र भण्डारणको कठिनाईसमेत नभएको ठेकेदार कम्पनले जनाएको छ ।

नेपाली सेनाल द्रुतमार्ग निमार्णका लागि कूल १५ हजार ४ सय १६ रोपनी जग्गा मुआब्जा दिने गरी जग्गा अधिकरण गरेको थियो । जसमध्ये काठमाडौं, ललितपुर, मकवानपुर र बारा जिल्लाका १५ हजार ३ सय १७ रोपनी जग्गाको स्थानीय चलन चल्तीको भाउमा कानूनी प्रक्रिया पूरा गरी मुआब्जा वितरण सम्पन्न भइसकेको छ ।

मकवानपुर जिल्लाको ९९ रोपनी जग्गाको मुआब्जा भने वितरण हुन बॉकी रहेको तर वितरणको सबै प्रक्रिया पूरा भइसकेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस