आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा को जारी स्थायी कमिटि बैठक  आज (बुधवार) पनि बस्ने

AuthorAP Khabar२०७६ पौष २, बुधबार (४ साल अघि) ३६५ पाठक संख्या

पौष ०२ काठमाडौं

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटि बैठक  आज (बुधवार) पनि बस्ने भएको छ । ११ बजेका लागि बोलाइएको बैठकमा नेताहरुले बोल्ने क्रम बाँकी नै छ ।

मंगलबारको बैठकमा नेताहरुले ४ गते संसद आह्वान भएको भन्दै सभामुख चयन प्रक्रिया चाँडो टुंग्याउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा नेताहरुले पार्टीभित्र देखिएका गुट तथा उपगुटहरु अन्त्य गरी केन्द्रीय कमिटि बैठकसम्म सबै एकरुपताका साथ अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनमाथि स्थायी समिति सदस्यहरुले आलोचनात्मक टिप्पणी गरेका छन् ।

बैठकमा उठेका कतिपय विषयमा भने बैठकपछि पनि छलफल गर्न सकिने नेताहरुको धारणा छ ।

मंगलबारको बैठकमा २ जना आमन्त्रित सदस्यसहित १४ जनाले आफ्नो विचार राखेका थिए बाँकीले आज (बुधबार) बस्ने बैठकमा आ-आफ्ना धारणा प्रस्तुत गर्नुहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस