आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङमा काठमाडौँको फराकिलो जित

AuthorAP Khabar२०७६ पौष २, बुधबार (४ साल अघि) ३१५ पाठक संख्या

पौष ०२ ।

पोखरा प्रिमियर लिग ९पीपीएल० मा कप्तान ज्ञानेन्द्र मल्लको बिस्फोटक ब्याटिङमा एक्स्पर्ट धनगढी विरुद्ध काठमाडौं गोल्डेन वारिवार्सले फराकिलो जित निकोलेको छ ।

टस जितेर फिल्डिङ रोजेको धनगढी विरुद्ध कप्तान मल्लले ३८ बलमा  ८ चौका र ९ छक्का लगाए । मल्लको बिस्फोटक ब्याटिङसँगै १८६ रनको लक्ष्य पछ्याएको धनगढीले १६ ओभरमै सवै विकेट गुमाउँदै ७९ रन मात्रै बनाउन सक्यो ।

१०६ रनको फराकिलो जित निकाल्दा काठमाडौंका लागि मल्लसँग १३१ रनको साझेदारी गरेका जयकृषण कोल्सावाल ४६, अमित श्रेष्ठले ३४रन बनाए । गौरव तमोर र सुवोध भातीले भने खाता खोल्न सकेनन् । धनगढीका लागि कमल ऐरीले चार र सागर ढकालले एक विकेट लिए ।

जवाफी ब्याटिङमा धनगढीका लागि श्रीमान्थाले बनाएको १५ रन नै सर्वाधिक स्कोर बन्न पुग्यो । ¥याड्रिगो थोमसले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

काठमाडौंका लागि बसन्त रेग्मीले तीन विकेट लिए । सौरभ खनाललाई रन आउट समेत गराएका रेग्मीले एक ओभर मेडन फ्याकेका थिए ।

रेग्मीसँगै अन्य बलरले पनि राम्रो प्रदर्शन गरे । पवन सर्राफ र सुबोध भातीले समान दुई–दुई विकेट लिए भने सुशन भारी र अमृत भट्टराईले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस