आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीच तालमेल, दुई बुँदे सहमति

AuthorAP Khabar२०७६ पौष २, बुधबार (४ साल अघि) २७१ पाठक संख्या

पौष  ०२ काठमाडौँ,

प्रदेश २ मा हुने राष्ट्रिय सभाको चुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एक आपसमा सहयोग सहमति भएको छ।

बुधबार बालुवाटारमा बसेको नेकपा र राजपाबीच बैठकमा सो सहमति भएको हो। बैठकले प्रदेश २ मा माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा भागबन्डा गरेका छन्। जस अनुसार नेकपाले दुई र राजपाले दुई जना पाउने गरि सहमति गरेका छन् ।

पुरुष समूह, अपांगता भएका व्यक्ति, अल्पसंख्यकबाट राजपाले उम्मेदवारी दिने र उनीहरुलाई नेकपाले सहयोग गर्ने सहमतिपत्रमा उल्लेख छ ।

त्यस्तै महिला र दलित पुरुषबाट नेकपाका उम्मेदवारलाई राजपाले सहयोग गर्ने सहमति भएको छ । प्रदेश २ मा चार पदका लागि निर्वाचन हुँदैछ। सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् भने राजपाका तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।

त्यसैगरी, दुई पार्टीले राष्ट्रिय राजनीतिकमा विषयहरूमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने समेत सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस