आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मधेसमा शीतलहर : विपन्न बस्तीमा परालकै सिरक र डसना

AuthorAP Khabar२०७६ पौष ३, बिहिबार (४ साल अघि) ३४२ पाठक संख्या

पौष ०३ काठमाडौं

 राजधानीबाट बिहीबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई महत्वका साथ सम्प्रेषण गरेका छन् ।

बुधबार जनता समाचार डट कम मा नेकपा र राजपाबीच दुई बुँदे सहमति, एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमावापत १५ लाख रुपैयाँ हस्तान्तरण, सागमा पदक विजेता खेलाडीलाई ललितपुरको सम्मान, अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै, जनप्रतिनिधि पार्टिको घेराबाट उम्किनुपर्छ : ज्वाला, इँटा भट्टा हटाउन माग गर्दै आन्दोलन र सूर्यविनायकमा जीप लाइन सञ्चालन हुने लगायतका शीर्षकमा समाचार प्रकाशित गरिए ।

नागरिक दैनिक ले भ्वाङ परेको छाप्रोमा पुरानो कपडा बेरेर चिसो हावा छेक्ने प्रयास गरेको एक सिरहाको परिवारको तस्बिरसहितको समाचारलाई आजको शीर्ष समाचार बनाएको छ । पछिल्लो समय लहानको गोलबजारमा शीतलहर बढ्दा सिरहा गोलबजार नगरपालिका -९ मुसहरी टोल बस्ने श्यामदेवी सदायका सात जनाको परिवारले कष्ट सहिरहेको समाचारमा उल्लेख छ । छाप्रोमा ४ छोराछोरी, वृद्ध सासु र श्यामदेवी दम्पती बस्ने गरेको र जाडो छल्न उनले परालसँगै पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टाल्ने गरेका छन् ।

यसैगरी समाचारमा सोही टोलकी ७० वर्षीया मलभोगिया सदायले चिसो बढेपछि शरीरलाई न्याना बनाउन आगो तापेरै रात बिताउने गरेको बताएकाे पनि लेखिएकाे छ  । चिसो बढेपछि अति विपन्न बस्तीमा परालकै सिरक र डसना र तातोका लागि परालै बालेर जीवनयापन गर्नुपर्ने बाध्यता आएकोसमेत पत्रिकाले लेखेको छ । यसैगरी नागरिकले नै विशेष र समपुरक अनुदानबारे अर्को शीर्ष समाचार छाप्दै दर्जनौं योजनालाई १९ अर्ब बजेट दिइएको विषयलाई समेत समाचारमा समेटेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले ‘लिम्पियाधुरायता नेपाल’ शीर्षकमा कालापानी क्षेत्र भारतले हडपेको विषयमा सर्वोच्च अदालततमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार प्रधानमन्त्रीले भारतको एकपक्षीय निर्णय मान्ने नहुने र सुगौली सन्धिबमोजिम सीमा कायम र संरक्षण गर्न सरकार दृढ रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले सीमा समस्या अदालतबाट नभई कूटनीतिक माध्यामबाट टुंग्याउने विषय भएको पनि प्रष्ट पार्नुभएको समाचारमा उल्लेख छ । पत्रिकाले नेकपामा एमसीसीकै किचलो शीर्षकमा अको समाचारसमेत प्राथमिकताका साथ छापिएको छ ।

कान्तिपुर दैनिकमा पनि सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा अमेरिकी सहयोगका विषयमा चर्चाकर्की भएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस