आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतको पत्रिकाले लेख्यो ‘क्रिसमस र नयाँ वर्ष मनाउन नेपाल जाउँ’

AuthorAP Khabar२०७५ पौष ६, शुक्रबार (५ साल अघि) २९९ पाठक संख्या

काठमाडौं , पुस ६ : भारतको चर्चित दैनिक पत्रिका ‘दैनिक भास्कर’को अनलाईन संस्करणले क्रिसमस र नयाँ वर्ष मनाउने ठाउँको सुचीमा नेपालको नाम पनि राखेको छ ।

पत्रिकाको एउटा समाचारमा क्रिसमस र नयाँ वर्ष मनाउन जानको लागि बिभिन्न ८ देशको नाम राख्दा नेपालको नाम पनि परेको हो । समाचारमा भारतीय रुपैयाँभन्दा सस्तो पैसा भएका देशहरुमा घुम्नको लागि सुझाइएको छ ।

नेपालमा पछिल्लो समय इसाई धर्मालम्वीहरुको महान चाड क्रिसमस डे र नयाँ वर्षलाई धुमधामका साथ मनाउने गरिन्छ । विशेषत राजधानीका ठमेल, पोखरा, दरबारमार्ग लगायतका क्षेत्रहरुमा यी पर्वहरु विशेष महत्वका साथ मनाउने गरिन्छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस