आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विमलसहित चारै खेलाडीको सजाय घट्यो, लिग खेल्न पाउने

AuthorAP Khabar२०७६ पौष ८, मंगलबार (४ साल अघि) ३५३ पाठक संख्या

पौष ०८ काठमाडौँ,

अखिल नेपाल फुटबल संघ (एन्फा) को पुनरावलोकन समितिले कारबाहीमा परेका फुटबलरको निलम्बन मितिबारे नयाँ निर्णय गरेको छ ।

अनुशासन उल्लघंन गरेको भन्दै एन्फाले मंसिर २७ गतेबाट लागु हुने गरि विमल घर्तिमगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई निलम्बन गरको थियो । विमल र दिनेशलाई ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिन निलम्बनसहित ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

तर मंसिर ३० गते चारै खेलाडीले गल्ति स्वीकार गर्दै कारवाही अवधि घटाइदिन अपिल कमिटि समक्ष निवेदन दिएका थिए ।

त्यसमा सुनुवाई गर्दै पुनरावलोकन समितिले नाइट क्लब गएको भोलिपल्ट कात्तिक ३० बाटै निलम्बन लागू हुने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिएका छन् ।

यो निर्णयसँगै अन्जन र सन्तोषको निलम्बन पुस १५ बाट फुकुवा हुनेछ भने विमल र दिनेशको माघको ३० गते । नयाँ निर्णयसँगै चारै खेलाडीले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने भएका छन्।

नयाँ निर्णयपछि विमल र दिनेशले लिगका अन्तिम चार खेल खेल्न पाउने भएका छन्। अञ्जन र सन्तोषले सुरूवाती चार खेल गुमाउनेछन् । यसअघिका २ खेल उनीहरुले गुमाइसकेका छन् ।

४ खेलाडीले मंसिर ३ गते कुवेतसँगको विश्व कप छनोट खेल्नका लागि भुटान जानुअघि अघिल्लो राती डिस्को गएर मादक पदार्थ सेवन गरेको भन्दै समाचार सार्वजनिक भएपछि एन्फाले कारवाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस