आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मासु र अण्डाको मूल्य बढ्यो

AuthorAP Khabar२०७६ पौष ९, बुधबार (४ साल अघि) ४५१ पाठक संख्या

पौष ०९ काठमाडौं

 ह्याचरी उद्योगीले गरेको आन्दोलनलगत्तै बजारमा मासुको मूल्य आकासिएको छ । मागअनुसार आपूर्ति कम भएको जनाउँदै व्यवसायीले एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्यवृद्धि गरेका छन् । नेपाल अण्डा उत्पादन संघले पनि अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ ।

बजारमा ब्रोइलर कुखुरा पर्याप्त नरहेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको भनाइ छ । माग पनि बढेपछि मूल्य वृद्धि हुनु स्वभाविक रहेको संघका अध्यक्ष जंगबहादुर बीसीले जानकारी दिए । ‘१० दिनको अवधिमा करिब ४० लाख चल्ला मरेका छन् ।

हयाचरी व्यवसायीको आन्दोलनले पनि मूल्यमा असर परेको देखिन्छ,’ उनले भने । ह्याचरी उद्यमीको राष्ट्रिय भेलाले पोल्ट्रीले सेटर मेसिनमा सेट गरिएका ह््याचिङ अण्डा मंसिर २९ देखि पुस ६ गतेसम्म नष्ट गर्ने निर्णय गरेको थियो ।

मंसिर २९ देखि पुस ८ गतेसम्म कुनै पनि ह्याचरीबाट उत्पादित बो्रइलर चल्ला, कलर ब्रोइलर चल्ला र क्रोइलर चल्ला बिक्रीवितरण तथा ओसारपसार बन्द गर्ने निर्णय गरेका थिए ।

उक्त कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत भए पनि सरकारलाई चुनौती दिँदै उनीहरुले उत्पादन बन्द गरेका थिए । त्यसलगत्तै बजारमा कुखुराको मासु महँगिएको हो । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस