आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रादेशिक स्वास्थ्य नीतिको मस्यौदा तयार गर्ने सन्दर्भमा विरंजमा अन्तरक्रिया

AuthorAP Khabar२०७६ पौष ९, बुधबार (४ साल अघि) ४४८ पाठक संख्या

एपी खबर
जीतपुर, ९ पौष  : पर्साको विरगंज स्थित नेशनल मेडिकल कलेजमा प्रादेशिक स्वास्थ्य नीतिको मस्यौदा तयार गर्ने सन्दर्भमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ जनकपुरधामले प्रदेशमा बन्न लागेको स्वास्थ्य नीतिको बारेमा सरोकार वालाहरुको राय संकलन गर्न यस कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का समाजिक विकास मन्त्री नबल किशोर साहले प्रदेश सरकारले प्रदेश भरीका ७ ओटा अस्पताल मात्र हेर्न सक्ने भएकोले मन्त्रालयलाई काम गर्न गाह्रो भएको बताउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका उहाँले संघिय सरकारले प्रदेश सरकारलाई दिने जीमेवारी नदिएका कारण प्रदेश सरकार सिमित काम गर्न बाध्य भएको बताउदै जनताको अधिकार र विकास दुबैको लागि झन्डा र बडि गार्डले रोक्न् नसक्ने बताउनुभयो ।

उहाँले प्रदेश नम्बर २ को सरकार हालपनि संक्रमणकाल मै रहेको बताउदै संघिय सरकारले प्रदेश र स्थानिय सरकारको हाथ बाधेको र अधिकार प्राप्तिका लागि अझै संघर्षनै गरीरहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै समाजिक विकास राज्य मन्त्री अभिराम शर्माले प्रदेश नम्बर २ को सरकार अन्य प्रदेशको सरकार भन्दा फरक भएकोले यहाँ काम गर्न गाह्रो भएको बताउनुभएको छ ।

उहाँले यस प्रदेश बाहेक नेपालका अन्य प्रदेश सरकार संघिय सरकार जस्तै भएको तर प्रदेश नम्बर २ को सरकार फरक भएको बताउनुभयो । उहाँले यस प्रदशको विकासका लािग सरकारले सडक, शिक्ष, स्वास्थ्य र सरसफाईलाई विशेष प्राथमिक्तामा राखेर काम गरेको समेत बताउनुभएको छ ।

यसैगरी कार्यक्रममा बोल्दै नेशनल मेडिकल कलेजका एम.डि.बसरुदिज अंसारीले प्रदेश सरकारले निर्माण गर्न लागेको स्वास्थ्य निती भित्र निजी क्षेत्रलाई विशेष प्राथ्मिक्तामा राखनुपर्ने माग गर्नुभएको छ ।

उहाँले राज्यको दोहोरो नितीको प्रत्यक्ष मारमा निजी मेडिकल कलेज परेकोले देशकै स्वास्थ्य क्षेत्रलाई सम्हाल्ने निजी क्षेत्रको बारेमा सकारात्म सोच सहित निती तैयार गर्न माग गर्नुभयो ।

अंसारीले हाल सिमा क्षेत्रमा रहेका भारतका ९० प्रतीशत विरामीलाई धान्दै आएको नेशनल मेडिकल कलेज अझै सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो ।

स्वास्थ्य कार्यदलकासचिव लक्षमेश्वर झाको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यदलका अध्यक्ष डा.रामकेवल साह, भरतमुनी सुवेदि, सदस्य अजयकुमार मिश्र लगाएत पर्साका विभिन्न क्षेत्रमा रहेको स्वास्थ्य सेवा दिदै आएका स्वास्थ्यकर्मिहरको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस