आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चिसोबाट बच्न बालेको आगोमा जलेर महिलाको मृत्यु

AuthorAP Khabar२०७६ पौष १०, बिहिबार (४ साल अघि) ७३४ पाठक संख्या

पौष १० सर्लाही ।

चिसोबाट बच्न बालेको आगोमा जलेर महिलाको मृत्यु भएको छ । बरहथवा नगरपालिका वडा नम्बर – १७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमती देवीको जलेर मृत्यु भएको हो ।

चिसोबाट बच्न आफ्नै घरको आँगनमा बुधबार साँझ बालेको आगोमा जलेको जिल्ला प्रहरीले जनाएको छ । आगो ताप्न लाग्दा उनको शरीरमा आगो सल्किएको हो । शरीरमा आगो सल्किएर घाइते भएपछि उनलाई तत्कालै जनकपुर अञ्चल अस्पतालमा पुर्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै विष्णु गाउँपालिका–१ बेल्वामा पनि चिसोबाट आगो ताप्दा अर्की महिला घाइते भएकी छन् । राजन पासवानकी श्रीमती २५ वर्षीया सरस्वती पासवान गम्भीर घाइते भएकी हुन् ।

चिसोबाट जाेगिन घर अगाडि बालेको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा पासवानको घुँडादेखि पेटसम्म जलेको हाे। उनको अहिले जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस