आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जाडो मौसममा कफ, कोल्डबाट जोगिन अपनाउनुहोस् यी घरेलु उपाय

AuthorAP Khabar२०७६ पौष ११, शुक्रबार (४ साल अघि) ३६६ पाठक संख्या

पौष ११ काठमाडौं

मौसम बदल्नुका साथै मानिसमा कफ, कोल्ड, संक्रमण र साइनस लगायतका समस्या बढ्न थाल्छ । टाउको दुख्ने, नाकबाट पानी निस्कने र अनुहार, हात खुट्टापनि सुन्निन थाल्छ । जुन साइनसाइटिसको सामान्य लक्षण हुन् ।

 उसो त निकै कम अवस्थामा साइनसको समस्या गम्भीर बन्न सक्छ । तर, त्यसका लागि भने समय मै सचेत हुनु आवश्यक हुन्छ ।

प्रायः जसो मानिस यस समस्यामा एन्टीबायोटिक औषधि सेवन गर्ने गर्छन् तर, ती औषधिको सँधै राम्रो प्रभाव नहुन पनि सक्छ । त्यसकारण सबैभन्दा पहिले घरेलू उपचारलाई नै प्राथमिकता दिनुपर्छ ।

बाफ लिने

साइनसाइटिसका कारण नाकबाट पानी आएको छ भने बाफ लिनु निकै फाइदाजनक हुन्छ । एउटा डेक्चीमा पानी तताएर तौलिया वा मुख राम्रोसँग छोप्ने ओढ्नेले मुख ढाकेर वाफ लिनुु पर्छ । पानीको बाफले नाक खुल्छ र तपाईंलाई आराम महसुस हुन्छ ।

अनुहारमाथि तातो कपडा राख्ने 

साइनसाइटिसमा प्रायः नाक बन्द हुने गर्छ । जसले गर्दा तपाईंलाई शरीर र टाउको भारी भएको अनुुभव हुन्छ । यस्तोमा यदि तपाईंले मन तातो पानीमा तौलिया वा बाक्लो रुमाललाई भिजाएर अनुहारमा राख्नुहुन्छ भने तपाईंलाई त्यसले आराम हुन्छ ।

तातो झोल पिउने

  साइनसका कारण परेशान हुनुहुन्छ भने तातो झोल पदार्थ पिउनु उचित हुन्छ । तातो झोल पिउनाले तपाईंको बन्द नाक खुल्ने र रुघाखोकीमा पनि आराम हुन्छ । झोलिलो खानेकुरामा मासुकै झोल पिउनुपर्छ भन्ने हुँदैन । तपाईंले साग, हरियो तरकारी वा गेडागुडीको पनि झोल पिउन सक्नुहुन्छ ।

पर्याप्त आराम गर्नुस्

साइनस, कफ वा कोल्डले ग्रसित भएको समय सकेसम्म आराम गर्नुपर्छ । लामो समयसम्म बस्नाले वा लामो समयसम्म काम गर्नाले साइनसको समस्या झन् बढ्न सक्छ । त्यसकारण काम गर्नैपर्ने छ भने पनि केहि केहि बेरमा आराम गर्नुपर्छ । कुर्सीमै बसेर पनि केहि समय निदाउने वा थकान हटाउनेगरि आराम गर्नुपर्छ ।

खानपानमा ध्यान

यो समयमा खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । धेरै चिल्लो, गुलियो, पिरो जस्ता खानेकुरा खानबाट जोगिनु पर्छ । कसैकसैलाई यस्ता खानेकुराले झन् समस्या बल्झाउने हुनाले समयमै सचेत हुनुपर्छ । चिसो पानी, चिसो खानेकुरा खानुहुुँदैन ।

प्रतिक्रिया दिनुहोस