आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छिमेकलघुवितद्धारा चार दिने अभिभावक भेला तथा वितिय साक्षरता कार्यक्रम सम्पन्न

AuthorAP Khabar२०७६ पौष ११, शुक्रबार (४ साल अघि) ४५२ पाठक संख्या

एपी खबर
जीपतुर, ११ पौष : छिमेकलघुति वितिय संस्था लि. जीतपुर “क” शाखाले चार दिने अभिभावक भेला तथा वितिय साक्षरता सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो संस्थामा आबद्ध सदस्य तथा सदस्यका अभिभावकहरुका लागि शाखाको बारेमा साक्षर बनाउने उद्धेश्य सहित यस कार्यक्रमको आयोजना गरेको हो ।

२०५८ पाल्गुन १ गतेबाट बाराको जीतपुरमा संचालनमा आएका यस शाखाले आफ्नो ३२१० सदस्यहरु बिच २१ करोड भन्दा माथी बचत र १८ करोड भन्दा बढि ऋण कारोबार गर्दै आएको छ ।

२ सय १८ जना सदस्य सहभागी ४ दिने कार्यक्रममा संस्थाका क्षेत्रीय प्रशिक्षक शंकर चौधरी, र अमरकुमार सिहंले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणको क्रममा उहाँहरुले संस्थाका सदस्य एवम सदस्यका अभिभावकलाई आवश्यक्ता अनुसार वितिय कारोबार कसरी गर्ने, आफ्नो परिवारलाई कसरी आर्थिक रुपमा सम्पन्न गराउन कुराहरुको बारेमा जानाकरी गराउनुभएको थियो ।

कार्यक्रममा जीतपुर शाखाका शाखा प्रबन्धक श्याम प्र. कुश्वाहा, वरिष्ठ सहयोगी सदस्य तारा खतिवडा लगाएको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस