आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिवम बचत तथा ऋण सहकारी संस्था लि. को ९ औँ वार्षिक साधारण सभा सम्पन्न

AuthorAP Khabar२०७६ पौष ११, शुक्रबार (४ साल अघि) ६१९ पाठक संख्या

रेश यादब

पर्सागढि  ११ पौष : बिरगज माहानगरपालीका १० स्थित रहेको शिवम बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ९ औँ वार्षिक साधारण सभा विरगंजको टाउन हालमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष शिवजी प्रसाद साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सभा सदस्य राजेशवर साह तेलीको प्रमुख अतिथी रहेको थियो । कार्यक्रममा संस्थाको प्रगती प्रतिवेदन तथा आर्थिक प्रतिबेदन संस्था प्रबन्धक राजेन्द्र पसाद्र जौसवालले प्रस्तुत गर्नुभएको थियो ।

तीन करोड ४८ लाख २१ हजार ४ सय संस्थाको शेयर पूजि रहेको यस संस्थाको जगेडा कोष तीन करोड २३ लाख, एकतीस करोड ७६ लाख ७२ हजार दुई सय ९७ रूपैया निक्षेप संलन रहेको छ । भने कर्जा लगानी ३७ करोड ९३ लाख ३२ हजार नौ सय ७१ रहेको संस्थाले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी संस्थाका संचालक शम्भु प्रसाद गुप्ता, राजेश पंडित, दिली बिक्रम कार्कि, बिष्णु बराल, राजेन्द्र प्रसाद गुप्ता लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस