आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हप्तामा एक दिन भोकै बस्नुको फाइदा

AuthorAP Khabar२०७६ पौष १२, शनिबार (४ साल अघि) ४६६ पाठक संख्या

पौष १२ काठमाडौं

सधैं खानेकुरा खानु मात्रै  पनि स्वास्थ्यको लागि राम्रो हुँदैन । कहिलेकाही भोको बस्दा शरीरलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् ।  यसकारण हप्तामा एक दिन हामी भोकै बस्न सक्छौं । उपयुक्त समय निकालेर एकदिन भोको पेट बस्दा शरीरको आन्तरिक शुद्धिकरण हुन्छ ।

चिकित्सकहरुकाअनुसार  यस्तो गरेमा शरीरमा रहेको विषाक्त तत्व बाहिर निस्किएर शरीर स्वस्थ्य हुन्छ ।

यस्ता छन् फाइदा

पेटको रोगबाट मुक्ति

हामीलाई कुनै न कुनै किसिमको पेटको रोगले सताएको हुन्छ ।  सधैं खाना खाएमा वा चिल्लो, अमिलोले पेट फुलिन्छ । अपच हुन्छ । धेरै खानेकुरा खाएमा पखला समेत लाग्छ । खाना नखाएमा ग्याष्ट्रिकले सताउन थाल्छ । तर, हप्तामा एकपटक भोकै बस्दा अपच, ग्याष्ट्रिक, कब्जियत, पखला, एसिडिटी, जलन आदिको समस्याबाट मुक्ती पाइन्छ ।

उच्च रक्तचाप र कोलेस्ट्रोलमा फाइदा

हप्तामा एक दिन खालिपेट बस्दा अधिकांश दीर्घ रोगमा पनि लाभ मिल्छ । खासगरी उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुग्छ । यसका साथै कोलेस्ट्रोलको स्तर पनि घट्छ ।

मुटुलाई फाइदा

हप्तामा एक दिन भोकै बस्दा मुटुको समस्यामा पनि लाभ पुग्ने चिकित्सकहरु बताउँछन् । किनिकि  बस्दा कोलेस्ट्रोलको स्तर घट्छ । कोलेस्ट्रोल नै हृदय रोगको जड हो ।

प्रतिक्रिया दिनुहोस