आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा नेता तथा कार्यकर्ताबीच झडप : ७ घाइते, ४ को अवस्था गम्भीर

AuthorAP Khabar२०७६ पौष १३, आईतबार (४ साल अघि) ४०२ पाठक संख्या

पौष १३ धनुषा । जिल्लामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का  नेता तथा कार्यकर्ताबीच झडप भएको छ । कमला नगरपालिका वडा नम्बर ८ टेरहामा सडक बिस्तारको लागि जग्गा छुट्याउने विषयलाई लिएर नेता तथा कार्यकर्ताबीच शनिबार झडप भएको हो ।

नेता रामचन्द्र झा र जिल्ला अध्यक्ष श्रवण बरबरिया समूहबीच झडप भएको हो । झडपमा ७ जना घाइते भएका छन् । घाइतेको मध्ये ४ जनाको अवस्था गम्भीर छ ।

टेरहा टोलका ५५ वर्षीय किशोरी दास, ५२ वर्षीय जगतनारायण यादव, २२ वर्षीय नरेशकुमार दास र शिवकुमार यादवको अवस्था गम्भीर छ । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । बरबरिया समूहका अमरपटि यादव, रामअवतार यादव र धनिकलाल यादव भने सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

टेरहा टोलमा सडक बिस्तारको लागि दुबैतिरको जग्गा काट्ने कार्य भइहेको छ । अध्यक्ष बरबरियाका ज्वाइँ नवल ठरियाले तोकिएको मापदण्डअनुसार जग्गा नदिएपछि विवाद भएको थियो । विवादलाई साम्य पार्नका लागि छलफल गरेर पुनः नाप्ने सहमति समेत भएको थियो । तर ठरियाको समूह जग्गा नापजाँच गर्नेहरुविरुद्ध अचानक घरेलु हातहतियारसहित जाइलागेपछि दुई पक्षबीच झडप भएको घाइते शिवकमार यादवले बताउनु भयो ।

कमला नगरपालिकाका मेयर रामउदगार गोइतले भने त्यसबारे आफूलाई जानकारी नभएकाे बताउनुभयो । ‘घटना भएको सुनेको छु तर त्यसबारे म पूर्ण जानकार छैन’ उहाँले भन्नुभयो, ‘सम्बन्धित वडाध्यक्षलाई बोलाएर बुझ्ने प्रयास गरिरहेको छु । घटनालाई नबढाएर छलफलको माध्यमबाट सामाधान गर्ने तयारी भइरहेको छ ।’सभार जनता समचार

प्रतिक्रिया दिनुहोस