अस्पताल विकासको उदेश्यले गौर अस्पताल विकास समितिको अध्यक्षमा नियूक्त हुनु भएका शेख जम्सैदको पहलमा गौर अस्पतालको मुहार फेरी नलागेको हो ।
फोहरै फोहर रहेका अस्पताल आज काल दिन्हु सरसफाई भएको देखिन्छ ।

विगडेका जाँच मेसिनहरु फेरीएको छ, ईतिहासमै पहिलो पटक भिडियो एक्स रे आज आईतवार देखि शूरु भएको हेर्दा गौर अस्पतालको मुहार फेरीन लागेको सेवा ग्राहीहरुले अनुभुति गर्न थालेका छन्, त्यो सवै अध्यक्ष शेष जम्सैदले आफै पहल गरि अस्पतालका कर्मचारी, डाक्टरहरु कहाँ पुगी अस्पताल व्यस्थित बनाउ लागेको कारण गौर अस्पताल रेफरल अस्तापल भन्द व्यस्थित अस्पतालको बन्दै गएको छ ।

अहिले गौर अस्पतालमा नियमित डाक्टर, चिकित्सकहरु विरामी जाँचने गरेको छ । आवश्यक औषधीहरु चाहिएको मात्रामा नभए पनि विरामीले आवश्यक औषधीहरु पाउदै आएको सेवा ग्राहि रमेश पटेलले बताए ।

गौर अस्पताल विकासको लागि अध्यक्ष जम्सैदको पहल सराहनीय रहे तापनि स्थानिय समुदाय, सरोकारवालाहरुको सहयोग आवश्यक रहेको देखिन्छ । विरामि हुदाँ अन्त्र भाग्ने प्रवृति रहेको गौर लगायत आसपासका आम नागरिकहरुको पनि अस्पताल विकासको लागि आवश्यक पर्ने सहयोग दिनु नैतिक जिम्मेवारी पनि हो ।

भन्छ, एकलै बृस्पती पनि झुठो हुन्छ, भन्नुको तात्पर्य, अस्पताल जस्ता संवेदनसिल संस्थाको विकासमा एकलै अध्यक्ष जम्सैदले केही गर्न सकिदैन त्यसैले सवैको सहयोग अति आवश्यक रहेको छ ।