आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा दोश्रो सिमरा औद्योगिक व्यापार, कृषि तथा खेलकुद महोत्सव शुरु

AuthorAP Khabar२०७५ पौष ६, शुक्रबार (५ साल अघि) ७७६ पाठक संख्या

AP डेस्क

जीतपुर, पुस ६ : बारा जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित सिमरा रङ्गशालामा शुक्रबारबाट दोश्रो सिमरा औद्योगिक व्यापार, कृषि तथा खेलकुद महोत्सव शुरु भएको छ । सिमरा फाउण्डेशनको मूख्य आयोजना, औद्योगिक शान्ति नेपाल काठमाडौं र सिमराको हाम्रो समन क्याम्पको सहकार्यमा यो महोत्सव हुन लागेको हो ।

आगामी १६ पुष सम्म चलन हुने यस महोत्सवको प्रतिनिधी सा सदस्य किष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै राजनितीक पुर्वाग्रह नराखि यस क्षेत्रको विकासमा सबै एक जुट हुन आग्रह गर्नुभएको थियो ।

यस क्षेत्रमा निर्माण हुन लागेको दोस्रो अन्तराष्ट्रिय विमान स्थल, विशेष आर्थिक क्षेत्र (सेज), ६ लेन ब्यापारीक मार्ग, पेटोलियम पाईप लाइनका साथै काठमाडौँसंग तराईलाई जोड्ने फास्ट्रयाकले बारा जील्लालाई ठुलो अवसर दिएकोले यसलाई सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

महोत्सवस्थल सिमरा रङ्गशालामा हिमाल, पहाड र तराईको प्रतिनिधित्व झल्कने दुईसय भन्दा बढि विभिन्न स्टलहरु राखिएको छ । २०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहराको प्रतिविम्ब देखि बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर, हाति तथा गैंडाका स्तम्भ लगायत नेपालका विभिन्न स्थानको पहिचान झल्काउने प्रतिविम्बहरुसमेत निर्माण गरिएको छ ।

प्रत्यक दिन महोत्सवमा सहभागि हुन आउने दर्शकको मनोरञ्जन का लागि चारदर्जन भन्दा बढि राष्ट्रिय कलाकारहरुको सहभागितामा मनोरञ्जनात्मक कार्यक्रम, वाल उद्यान तथा अन्य विभिन्न मनोरञ्जनका साधनहरुको व्यवस्था मिलाईएको आयोजक सिमरा फाउण्डेशनका अध्यक्ष आरिफ हुसेनले जानकारी दिनुभएको छ ।

सिमरा फाउण्डेशनका अध्यक्ष हुसेनको सापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ मा प्रदेश सभा सदस्य सुन्दर विक, सिता गुरुङ्ग, स्वाला साह, जीतपुरसिमरा उपमहानगरपालिका का नगरप्रमुख डा. कृष्ण प्रौडेल, निजगढ नगरपालिकाका नगर उपप्रमुख लिलादेवि खनाल, नेपाली कांग्रेसका नगरसभापति श्यामबाबु गुप्ता, रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेल, जनहित उपभोत्ता समुहका अध्यक्ष अमृतलाल श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस