आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मालपोत कार्यालय बजनीबाट औराहा सर्ने निर्णयको बिरोधमा जीतपुरसिमराका ८ ओटा वडा अध्यक्ष बिरोधमा

AuthorAP Khabar२०७६ पौष १३, आईतबार (४ साल अघि) ३६४ पाठक संख्या

एपी खबर
जीतपुर, १३ पौष : जीतपुरसिमरा उपमहानगरपालिकाका ८ ओटा वडा अध्यक्षहरुले वडा नम्बर ३ मा रहेको मालपोत र नापी कार्यायलाई वडा नम्बर ४ मा सार्ने निर्णयको बिरोध गरेका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीमा रहेको मालपोत कार्यालय र नापी कार्यालय सिमरालाई बर्तमान स्थानबाट यसै उपमहानगरपालिकाको वडा नम्बर ४ मा सार्ने निर्णय भएसंगै यस पालिकाका ८ ओठा वडा अध्यक्षहरुले संयुक्ता रुपमा यसको बिरोध गर्नुभएको होे ।

लामो समयको संघर्षबाट जीतपुर र सिमराका साथै यस यहाँ सेवा लिन आउने सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर बजनीमा मालपोत ल्याइएको थियो । तर स्थानिय निकायका साथै कार्यालय रहेको वडा कार्यालयसंग कुनै छलफल नै नगरी एक लौटि रुपमा कार्यालय वडा नम्बर ४ मा सार्न थालिएपछि यहाँका स्थानियका साथै वडा अध्यक्षहरु बिरोधमा आएका हुन् ।

आईतवार मालपोत कार्यालय सिमराका प्रमुख यादबराज आचार्यले एकलौटि रुपमा स्थानिय जनप्रतिनिधीलाई कुनै जानकारी नै नदिइ मालपोत र नापी कार्यालय वडा नम्बर ४ मा सार्न सम्बनिधत कार्यालयका महानिर्दशकका साथै बाराका प्रमुख जील्ला अधिकारीलाई समेत निरिक्षण गराइसकेको कुरा जानकारी आएपछि आफुहरुले यसको बिरोध गरेको वडा नम्बर ३ का वडा अध्यक्ष जग्गनाथ घिमिरेले जानकारी दिनुभयो ।

उहाँले हाल कार्यालय रहेकै वडा नम्बर ३ मा मालपोत र नापी कार्यालयका लागि निजी तथा सार्वजनिक जग्गा दिने वडा कार्यालयले भनि रहँदा समेत यहाँका स्थानियहरुलाई बेवास्था गर्दै कार्यालय प्रमुखले गरेको निर्णय तत्कालै फिर्तालिन यो बिरोध गरेको बताउनुभयो ।

हाल मालपोत कार्यालय प्रमुख आचार्यले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा नेपाल सरकारको नाममा रहेको कि.न. १६४ को ४ कठ्ठा १० घुर मालपोतको नाममा र ३ कठ्ठा १० धुर नापीको नाममा उपलब्ध गराउन भूमि ब्यवस्थापन तथा अभिलेख विभाग बबरमहल काठमाण्डौँका महानिर्देशक सहित बाराका प्रमुख जील्ला अधिकारीलाई स्थलगत अनुगमन गराउनुभएको थियो ।

मालपोत कार्यालय सिमराका प्रमुखले गरेको यस निर्णयको बिरोधमा आउनुभएका वडा अध्यक्षहरुको छलफलमा कार्यालय प्रमुख आचार्यले स्थानिय जनप्रतिनिधीसंग समानवय नगर्नु आफ्नो गल्ति भएको स्वीर गर्नुभयो ।

जील्लाका प्रमुख जील्ला अधिकारी अध्यक्ष रहने सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनिती २०७१ को दफा १० मा सिफारिस समितिको ब्यवस्था रहेको जसको अध्यक्ष सम्बन्धित जील्लाका प्रमुख जील्ला अधिकारी, मालपोत कार्यालय सदस्य सचिव, नापी कार्यालय, जील्ला समान्वय समिति, डिभिजन बन कार्यालय सदस्य रहने ब्यवस्था रहेको जानकारी दिदै उहाँले सो समितिबाट निर्णय भएको कुरालाई आफुले कार्यन्वयन गरेको जानकारी दिनुभयो ।

आचार्यले आफुले गरेको गल्ती स्वीकार गर्दै विभागमा पठाउने पत्र नपाठाउने र हाल कार्यालय रहेकै वडामा निजी तथा सार्वजनिक जग्गा उपलब्ध गराउन उपस्थित सबै वडा अध्यक्षहरुलाई आग्रह गर्दै वडा नम्बर ३ मै वडा कार्यालय राख्ने पत्रमार्फत वडा कार्यालयलाई जानकारी गराएपछि वडा अध्यक्षहरु तत्कालका लागि उनुभएको थियो ।

पथलैया विरगंज सकड खण्डको किनारमा रहेको यस मालपोत र नापी कार्यालय आउन स्थानियहरुलाई निकै सहज हुने गरेको पाईन्छ । तर वाड नम्बर ४ मा कार्यालय सरेपछि त्यहाँ जान सेवा ग्राहिहरुलाई सिमरााबट दोहोर सवारी परिवर्तन गर्नुपर्ने हुन्छ भने सुरक्षाको दृष्टिकोणलेपनि सहज नहुने स्थानियहरुको भनाई छ ।

बिरोधमा वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ्ग, ३ का वडा अध्यक्ष जग्गनाथ धिमिरे, ६ का वडा अध्यक्ष कैमुदिन अंसारी, ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, ८ का वडा अध्यक्ष रामबाबु गुप्ता, २३ का वडा अध्यक्ष असलम देवान लगाएत स्थानिय बृद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस