आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको सिमरामा गरिमा विकास बैँक

AuthorAP Khabar२०७६ पौष १४, सोमबार (४ साल अघि) ४०३ पाठक संख्या

एपी खबर
जीतपुर, १४ पौष : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा गरिमा विकास बैँकको शाखा संचालनमा आएको छ । बैँकले सोमवारबाट औपचारीक रुपमा सिमरा शाखा संचालनमा ल्याएको हो ।

यस बैँकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैँक बिरगंजका निर्देशक राजनबिक्रम थापाले विरगंज महानगरपालिका पछिको ब्यवसायीक नगरीको रुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक विकासमा यस बैँकले सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले सेवा ग्राहीले आफ्नो ब्यापार अनुसारको बैँक बुझेर र रोजेर काम गरे कुनै बाधा अवरोध नआउने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका थापाले पछिलो समय केहि बैँकले राष्ट्र बैँकको नियमलाई आफु अनुकुल प्रयोग गरेको तर कानुन भन्दा बाहिर गएर काम नगरेकोले उक्त बैँकलाई कुनै कारवाहि गर्न नसकिएको जानकारी समेत गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै गरिमा विकाश बैँकका संचालक भुपेन्द्र बहादुर खड्काले प्रदेश नम्बर २ कै दोस्रो शाखाको रुपमा संचालनमा आएको यस बैँकले कानुन अनुसार काम गर्दै आएको जानकारी दिनभयो । उहाँले नेपाल राष्ट्र बैँकको नियममा नहिड्ने बैँकले सेवा ग्राहीलाई दुःख दिने बताउदै नियमको पालना गर्ने र बजारमा स्वच्छ प्रतिस्प्रधा गर्ने बैँकको रुपमा गरीमा बिकाश बैँक चिनीएको बताउनुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका अध्यक्ष संजय साहले एन.आई.सि एसिया बैँकलाई देखाउदै बैँकहरुले शुरुमा विभिन्न प्रलोभन देखाएर ब्यवसायीलाई आफुतिर तान्ने तर पछि पछि त्यसको ठिक उल्टो ब्यवहार गर्दै ब्यवसायीलाई ठग्ने गरेकोले त्यस तर्फ राष्ट्र बैँकको ध्यान जान आवश्यक रहेको बताउनुभएको थियो ।

प्रदेश नम्बर २ को पहिलो शाखा विरगंज पछि दोस्रो शाखाको रुपमा सिमरा शाखा संचालनमा आएको यस शाखाले छोटो समयमा उल्लेखनिय निक्षेप संकलन गरेको सिमरा शाखाका शाखा प्रमुख समीर लुइटेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस