आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सर्वाधिक विकेट लिने सुचिमा सन्दीप लामिछाने र करण

AuthorAP Khabar२०७६ पौष १५, मंगलबार (४ साल अघि) ५३१ पाठक संख्या

पौष १५ काठमाडाैं

 टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा यस वर्ष सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपालका दुई खेलाडीले स्थान बनाएका छन् ।

सन् २०१९ मा टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने विश्वभरका शीर्ष पाँच खेलाडीमा नेपालका २ खेलाडी परेका हुन् ।

नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने र करण केसी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा परेका छन् । सन्दीप र करणले सन् २०१९ मा समान २८/२८ विकेट लिएका छन् ।

शीर्ष स्थानमा रहेका सन्दीपले १६ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २८ विकेट लिएका छन् । नेदरल्याण्डका ब्राण्डन ग्लोभर २८ विकेटसहित दोस्रो स्थानमा छन् । उनले १९ खेलमा २८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय विकेट लिएका हुन् ।

यस्तै तेस्रो स्थानमा रहेका करणले १९ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २८ विकेट लिएका छन् । चौथो स्थानमा आयरल्याण्डका मार्क अडेयर रहेका छन् । उनले १७ खेलमा २७ विकेट लिएका छन् । १८ खेलमा २७ विकेट लिएका नेदरल्याण्डका पाउल भान मेकेरिन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस