आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेता नेपालको सराहनीय कार्य शितलहरले प्रभावित क्षेत्रमा कम्बल बाँड्दै

AuthorAP Khabar२०७६ पौष १५, मंगलबार (४ साल अघि) २३३ पाठक संख्या

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कयुनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल यतिखेर रौतहटको शीतलहर प्रभावित बस्तीमा हुनुहुन्छ ।

पूर्व प्रधानमन्त्री नेपालले शीतलहर प्रभावितको अवस्था बुझ्न सोमबार गृह जिल्ला रौतहट जानुभएको हो । वरिष्ठ नेता नेपालले गौर नगरपालिका र गढीमाई नगरपालिकाको विभिन्न ठाउँमा शीतलहर तथा चिसो पीडित, दलित तथा विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्री नेपाल रौतहटबाट आज हेटौडा जाँदै हुनुहुन्छ । हेटौडामा उहाँले नेकपा हेटौडा उपमहानगर र मातहतकाे कमिटीका सदस्यहरुलाई शपथ गराउने कार्यक्रम छ । पूर्व प्रधानमन्त्री नेपाल  शपथ कार्यक्रमपछि आजै काठमाडौं फर्किनु हुने उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस