आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दोलखाका तत्कालीन सिडियो घुस लिएको अभियोगमा पक्राउ

AuthorAP Khabar२०७६ पौष १६, बुधबार (४ साल अघि) ३९६ पाठक संख्या
पौष १६ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले दोलखाको सीडीओ हुँदा सेवाग्राहीसँग घुस लिएको उजुरीपछि निलम्बन गरिएको केही समयपछि अख्तियारले सो विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जानकारी दिए ।

घुस लिएको अभियोग लागेपछि उनलाई गृह मन्त्रालय तानिएको थियो । गृह मन्त्रालय तानिएलगत्तै उनलाई अख्तियारले निलम्बन पत्र लेखेको थियो । रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग २१ हजार घुस लिएको आरोप लागेको छ । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस