आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पोखरामा सवारी दुर्घनामा हुँदा दुई जनाको मृत्यु

AuthorAP Khabar२०७६ पौष १६, बुधबार (४ साल अघि) ३०४ पाठक संख्या

पौष १६ कास्की,

पोखरामा सवारी दुर्घनामा हुँदा दुई जनाको ज्यान गएको छ। गएराती करिब २ः५० बजे पोखराको पृथ्वीचोकबाट चाउथेतर्फ जाँदै गर्दा ठोक्किएका मोटरसाइकल र जीपलाई विपरित दिशाबाट आईरहेको बसले पुन ठक्कर दिँदा मोटरसाइकल चालक र जीप चालकको मुत्यु भएको हो।

प्रहरीका अनुसार ग १३ प ९५३७ नम्बरको मोटरसाइकल चालक रोनस गुरुङ र ग २ च २७२६ नम्बरको जिप चालक सरोज लामाको सवारी दुर्घटनामा परी मुत्यु भएको हो ।

मोटरसाइकल चालक तनहुँ थप्रेकका १९ बर्षीय गुरुङ हाल पोखरा चाउथे बस्दै आएका थिए भने जिप चालक ३६ बर्षीय लामा पोखरा २९ भण्डारढिक सैनिक बस्तीमा बस्दै आएका थिए ।

दुबै जनाको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । काठमाण्डौंबाट बाग्लुङतर्फ जाँदै गरेको ग१ख ९४०५ नम्बरको बसले दुर्घटनामा परेका दुई सवारीसाधनलाई ठक्कर दिएको हो ।

बसका चालक बाग्लुङका सन्दीप खड्कालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए। दुर्घटनाबाट गम्भिर घाइते भएका उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न ल्याएसंगै अस्पतालले मुत घोषणा गरेको हो ।

उक्त दुर्घटनामा परी जिपमा सवार पोखरा २९ का ३४ वर्षीय प्रेम परियार गम्भिर घाइते भएका छन्। उनको टाउको र छाँतीमा गम्भिर चोट लागेको स्थानियले बताए । त्यसै गरी उक्त दुर्घटनामा गरी पोखरा ३१ का २३ बर्षीय दिल बहादुर परियार सामान्य घाइते भएका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस