आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बस दुर्घटना अपडेट : मृतककाे संख्या २३ पुग्याे, ९ को सनाखत (नामसहित)

AuthorAP Khabar२०७५ पौष ७, शनिबार (५ साल अघि) ४५८ पाठक संख्या

दाङ  , पुष ७ : सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ जाँदै गरेको भ्रमण बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ । १४ जना घाइते भएका छन् । घोराही स्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी बोकेको बा४ख ९७६६ नम्बरको बस तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार दंगीशरण गाउँपालिका– १ का ३० वर्षीय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका – १४ का २७ वर्षीय बिजय जीएम, जाजरकोटका अतिस नेपाली, जुम्लाका हिक्मत बोहोरा, कञ्चनपुरका खेमराज भट्ट, चालक घोराही उपमहानगरपालिका –३ का मदन केसी, सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका – १७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वलीको सनाखद भएको शाहीले जानकारी दिनुभयो । अन्यको सनाखत हुन सकेको छैन् ।

मृत्यु हुने र घाइते सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन् । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस