आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाजुरा जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो (अपडेट)

AuthorAP Khabar२०७६ पौष १७, बिहिबार (४ साल अघि) ४७६ पाठक संख्या

पौष १७ काठमाडौँ,

बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा कर्णाली नदीमा जिप खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परि चार जना घाइते भएका छन् । धुलाचोरबाट कोल्टी जाँदै गरेको जिप से१ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । एक जना बेपत्ता थिए । बेपत्ताको शव फेला परेको उनले जानकारी दिएका छन् ।

मृत्यु हुनेहरूमा हिमाली गाउँपालिका ६ का ३५ वर्षीय पवन भणडारी, जगन्नाथ गाउँपालिकाका चालक तथा गाडी मालिक २७ वर्षीय रमेश शाही, कैलाली ५ का ३३ वर्षीया दिनेशकुमार घर्ती र एक जनाका सनाखत हुन बाँकी रहकेा प्रहरीले जनाएकाे छ ।

 घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ । दुई जनाको अवस्था गम्भीर छ । जीप सडकबाट ५ सय मिटर तल ठूलो भीरबाट नदीमा खसेको जानकारी आएको छ ।

प्रतिक्रिया दिनुहोस